Sajhamanch Archive

ओलीले गरेको कारबाही पार्टीको विधानविपरीत : नेता नेपाल

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on ओलीले गरेको कारबाही पार्टीको विधानविपरीत : नेता नेपाल.

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गरेका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा परेको बताए । ओलीको दम्भ र अहंकार धरहरामाथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,” उनले […]

महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना.

काठमाडौं । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’का अनुसार पछिल्लो समय संक्रमितकोे संख्या बढ्दै गएको छ । आफूहरुले सीमित स्रोत–साधनका बीच पनि सेवा प्रवाह गरिररहेको उनले बताए । अत्यावश्यक भए […]

भारतको कोभिड सेन्टरमा आगलागी, १३ संक्रमितको मृत्यु

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतको कोभिड सेन्टरमा आगलागी, १३ संक्रमितको मृत्यु.

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यस्थित एक कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पालघर जिल्लाको विजयवल्लभ कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । स्थानीय समयानुसार शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा आगलागी भएको थियो । आगलागी हुँदा सेन्टरमा आईसीयूका १५ सहित ९० संक्रमित […]

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै.

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्न लागेको छ । यसअघि वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीरकण सोधेका थिए । ओलीले […]

छिमेकीले चलाएको गोली लागेर मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on छिमेकीले चलाएको गोली लागेर मृत्यु.

ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकेर गोली प्रहार गरेको जिल्ला प्रहरी […]

भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण, २१ सयको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण, २१ सयको मृत्यु.

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ […]

पछिल्लो २४ घण्टामा २४२८ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा २४२८ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु.

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४२८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १० हजार ४४८ वटा नमुनाको परीक्षण गरिएकोमा गर्दा २ हजार ४२८ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या १ लाख ९२ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]

नेपालले फाइनलमा, मलेसियालाई ६९ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on नेपालले फाइनलमा, मलेसियालाई ६९ रनले हरायो.

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि […]

नेप्से पाँचौँ दिनमा आएर दोहोरो अंकले सुधारियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेप्से पाँचौँ दिनमा आएर दोहोरो अंकले सुधारियो.

काठमाडौं । कारोबारको पाँचौँ दिनमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले सकारात्मक बनेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १५.८० अंकले बढेर २६४८.०१ विन्दुमा पुग्यो । यसदिन होटेल र पर्यटन तथा म्युचुअल फन्डबाहेक अरु कारोबार भएका सबै समूह बढेसँगै नेप्से दोहोरो अंकले सुधारिएको हो । जीवन र निर्जीवन बिमा समूहमा ११४/११४ अंकको वृद्धि […]

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल.

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालविरुद्धको अन्तिम खेलमा मलेसियाले टस जितेर पहिले बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल आज दिउँसो १ः१५ बजेबाट सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेको छैन । नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगिसकेका छन् । […]