Sajhamanch Archive

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा.

काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ । पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरी जात्रा मनाइने समितिका अध्यक्ष नीलकाजी […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा आएर मंगलबार आज दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ । माओवादीले सरकारलाई दिएको समर्थन अन्य प्रतिपक्षी […]

नेपालका बलरले कसिलो बलिङ गर्दा मलेसिया १०९ रनमै सीमित

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on नेपालका बलरले कसिलो बलिङ गर्दा मलेसिया १०९ रनमै सीमित.

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो । मलेसियाले दोस्रो ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि करण केसीले पहिलो विकेट लिए । […]

दिल्लीमा एक हप्ताका लागि पूर्ण लकडाउन

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on दिल्लीमा एक हप्ताका लागि पूर्ण लकडाउन.

बैशाख ६, नयाँदिल्ली । भारतको दिल्लीमा आज सोमबार रातिदेखि आगामी सोमबार बिहानसम्मका लागि लकडाउनको घोषणा गरिएको छ । आज राति १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्मका लागि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पूर्ण लकडाउनको घोषणा गरेका हुन् । पछिल्लो एकसातादेखि रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी दिल्लीमा संक्रमणदर २९.७४ प्रतिशत पुगेसँगै पूर्ण लकडाउनको घोषणा गरिएको हो । […]

माधव नेपाल समूहको ओलीले गरेका निर्णय बदरको माग

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माधव नेपाल समूहको ओलीले गरेका निर्णय बदरको माग.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदरको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । आइतबार उनीहरु निर्वाचन आयोग पुगेका हुन् । नेता बेदुराम भुसालका अनुसार फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ओलीले नेकपा एमालेका नाममा गरेका एकलौटी निर्णय बदरको माग गरिएको छ । उक्त निर्णयहरु सबै […]

उच्च बिन्दुबाट फर्कियो नेप्से : करिब ९ अर्बको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on उच्च बिन्दुबाट फर्कियो नेप्से : करिब ९ अर्बको कारोबार.

काठमाडौं । साताको पहिलो कारोबार सेयर बजार परिसूचक नेप्से उच्च बिन्दुबाट ओरालो लागेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ अंकमा बन्द भएको छ । गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आइतबार १.३७ प्रतिशतले ओरालो लाग्दा २७०० अंकको बिन्दुबाट झरेको हो । आइतबार प्रि ओपनिङ सेसनमा दोहोरो अंकले वृद्धि भएर २७५९.९ अंकमा […]

एमालेले बबरमहलमा वैशाख ९ गते पार्टी कार्यालय सार्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमालेले बबरमहलमा वैशाख ९ गते पार्टी कार्यालय सार्दै.

काठमाडौं । नयाँ वर्षका दिन सर्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी कार्यालय यही वैशाख ९ गते सर्ने भनिएको छ । त्यही दिन बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारी रहेको एमाले स्रोतले जानकारी दियो । “तयारी नपुगेकाले वैशाख १ गते सर्न सकिएन । ९ गते सार्ने तयारी गरेका छौँ,” एमालेका एक पदाधिकारीले बाह्रखरीसँग […]

‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गरिने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गरिने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् । संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र मन्त्री पद दुवै रिक्त भएको थियो । उनलाई संविधानको धारा ७८ (२०) अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी […]

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीनजनाले मन्त्रीको शपथ लिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीनजनाले मन्त्रीको शपथ लिँदै.

काठमाडौं । कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेकपा एमालेका तीन पूर्वनेताले आज मन्त्री पदको शपथग्रहण गर्दै छन् । उनीहरूलाई शनिबार साँझ कर्णाली मन्त्रिपरिषद्ले शपथ खुवाउने निर्णय गरेर आइतबार बिहानै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइएको सांसद विन्दमान विष्टले जानकारी दिए । शपथको समय भने तय गर्न बाँकी रहेको उनको भनाइ थियो । फ्लोर क्रस पार्टीको ह्वीप […]

आज मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना.

काठमाडौं । पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । विभागका अनुसार आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने […]