Sajhamanch Archive

अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए.

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहकाअनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको छ । हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू […]

निजामती प्रशासन झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेन : ईश्वर पोखरेल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on निजामती प्रशासन झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेन : ईश्वर पोखरेल.

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताए । उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि टिप्पणी समेत […]

आगलागीमा परेर एकै घरका दाइ र बहिनीको मृत्युु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आगलागीमा परेर एकै घरका दाइ र बहिनीको मृत्युु.

झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनकी सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले दिइन् । उनकाअनुसार घरमा अभिभावक नभएको बेला आगलागी भएको हो […]

नेप्सेमा ज्योति लाइफको सेयर कारोबार सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेप्सेमा ज्योति लाइफको सेयर कारोबार सुरु.

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो । नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० […]

श्रीलंकन पुलिससँग खेल्दै आर्मी

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on श्रीलंकन पुलिससँग खेल्दै आर्मी.

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा आज श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल साँझ साढे ५ः३० बजे सुरु हुनेछ । प्ले अफअन्तर्गत पहिलो खेलमा आर्मीलाई घरेलु मैदानमा आफूलाई प्रमाणित […]

लिभरपुल माथि रियलको सहज जित

Published: in खेलकुद, by . Leave a Comment on लिभरपुल माथि रियलको सहज जित.

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सर्वाधिक च्याम्पियन टोली स्पेनिस क्लब रियल मड्रिडले लिभरपुलविरुद्ध सहज जित निकालेको छ । घरेलु मैदानमा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको हो । मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको छ । रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे […]

साताको तेस्रो कारोबारका दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको तेस्रो कारोबारका दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि.

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार बजार परिसुचक नेप्से १५.४२ अंकले वृद्धि हुँदा २६७४।४७ अंकमा बन्द भएको छ । नेप्से वृद्धि हुँदा कारोबार रकम करिब साढे ७ अर्ब पुगेको छ । नेप्सेमा अ‍ाज ७ अर्ब ४७ करोड ७७ […]

वैशाख ७ देखि कोरोनाविरुद्धको दोस्रो डोज खोप दिइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on वैशाख ७ देखि कोरोनाविरुद्धको दोस्रो डोज खोप दिइने.

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ गतेदेखि दिने भएको छ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएसको […]

खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा गर्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा गर्दै.

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ । मंगलबार वाग्मती प्रदेश कमिटी विस्तारसँगै जिल्ला अध्यक्ष र इन्चार्जहरू तय गरेको खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै छ । सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल बन्नेछन् । पार्टी एकतापूर्व एमालेले पदाधिकारीहरूमध्येबाट प्रदेश […]

भारतले उदयपुरको विद्यालय निर्माणमा चार करोड २९ लाख दिने

Published: in मिडियाबाट साभार, शिक्षा, समाज, by . Leave a Comment on भारतले उदयपुरको विद्यालय निर्माणमा चार करोड २९ लाख दिने.

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले चार करोड २९ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ । यसका लागि भारतीय दूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सम्झौता भएको भारतीय दूतावासद्वारा प्रेस विज्ञप्तिमा जनाएको छ । दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका […]