Sajhamanch Archive

कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण.

काठमाडौं । कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण बढाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ । बाहिरी जिल्लाबाट आउने–जाने नाका र धेरै मानिसको जमघट हुने स्थानहरुमा एन्टिजेन विधिबाट मास परीक्षण गर्न महाशाखाले अनुरोध गरेको हो । “काठमाडौं उपत्यकालगायत सहरमा सपिङ सेन्टर, बसपार्क, स्कुललगायत हटस्पटहरु पहिचान गरी परीक्षण गर्न सबै […]

प्रि–ओपन सेसनमा २६ अंकले बढ्यो नेप्से

Published: in अर्थतन्त्र, by . Leave a Comment on प्रि–ओपन सेसनमा २६ अंकले बढ्यो नेप्से.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नै सेयर बजार परिसूचक नेप्से एक प्रतिशतभन्दा माथिले बढेको छ । बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै २६.४८ अंकले वृद्धि भएर २६४५.५० अंकमा पुगेको छ । प्रि–ओपन सेसनमा सेसनमा ६७ कम्पनीको २२ हजार ४०८ कित्ता सेयर किनबेच हुँदा एक करोड ६६ लाख […]

आज माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज माओवादी केन्द्रको स्थायी कमिटी बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने उनले बताए । बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसद्मा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको […]

देशको पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशको पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ । बांकी भू–भागमा बदली नरहे पनि तुवाँलो रहेको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि […]

माओवादी केन्द्रको स्थायी कमिटी बिहीबार बस्ने

Published: in राजनीति, by . Leave a Comment on माओवादी केन्द्रको स्थायी कमिटी बिहीबार बस्ने.

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको अन्तिम निष्कर्षमा पुगेको छ । गत शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समर्थनको संकेत दिएका थिए । नागरिक प्रश्नहरूको घेराबन्दीमा परेका प्रचण्डले छिट्टै समर्थन फिर्ता गर्ने बताउँदै उम्किएका थिए । माओवादी केन्द्रले त्यसको […]

विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउँदै.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनी जियाङसु जोङदोङ न्यू इनर्जीलाई ठेक्का दिएको छ । ठेक्का प्रक्रियामा सहभागी १३ वटा कम्पनीमध्ये प्राविधिक र आर्थिक प्रस्तावको आधारमा जियाङसु छानिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले ठेक्का सम्झौताको लागि कम्पनीलाई पत्राचार गरिएको बताए । उनका अनुसार ठेक्का सम्झौता भएपछि एक […]

प्रतिनिधिसभा बैठक सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभा बैठक सुरु.

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा शून्य र विशेष समय पनि चल्नेछ । सो समयमा संसद्भित्र रहेका विभिन्न राजनीतिक दलका सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् । त्यस्तै, आजको कार्यसूचीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ । नेपाल […]

बेलारुसको पोष्टमा बेल्जियमको आठ गोल

Published: in खेलकुद, by . Leave a Comment on बेलारुसको पोष्टमा बेल्जियमको आठ गोल.

काठमाडौं । बेल्जियमले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमको जितमा टिमका ६ फरक खेलाडीले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै […]

जनगणनाका लागि छ गुणा बढी दरखास्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on जनगणनाका लागि छ गुणा बढी दरखास्त.

भरतपुर । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए । चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको […]

शुक्रबारसम्म वायु प्रदूषण यथावत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on शुक्रबारसम्म वायु प्रदूषण यथावत.

काठमाडौं । शुक्रबासम्म वायु प्रदूषण यथावत रहने भएको छ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नआउँदा केही दिनबाट देखिएको प्रदूषण अझै कम्तिमा शुक्रबारसम्म रहने भएको हो । “हावाको गति तिव्र हुने र वायु प्रदूषण हट्ने पूर्वानुमान गरेका थियौं । तर, हावाको गति बढेन । त्यसैले वायु प्रदूषण पनि हट्न सकेन,” मौसम्विद् प्रतिभा मानन्धर भन्छिन्, “पश्चिमी मौसमी […]