Sajhamanch Archive

सार्वजनिक सवारीमा जोरबिजोर लागु गर्नेबारे आज निर्णय हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सार्वजनिक सवारीमा जोरबिजोर लागु गर्नेबारे आज निर्णय हुँदै.

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञाको मोडालिटीबारे अन्तिम टुङ्गो लगाउन अहिले बिहान १० बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठकपछि लकडाउन कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललिपुरका […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो.

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । विभिन्न समयमा नेपाली सेनाद्धारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

Published: (Updated: ) in विश्व समाचार, समाज, by . Leave a Comment on भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट.

जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ११.४५ बजे पहिलो विस्फोट भएको थियो । […]

बाल सुधारगृह विराटनगरबाट फरार चारजना समातिए

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on बाल सुधारगृह विराटनगरबाट फरार चारजना समातिए.

विराटनगर । विराटनगरको बाल सुधारगृहको तीन तलामाथिबाट हामफालेर फरार भएका चार बालकलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बाल बिज्याईंसम्बन्धी विभिन्न मुद्दामा अदालतबाट सजाय भई उनीहरु सुधारगृहमा रहँदै आएका थिए । शनिबार अपराह्न विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहको छतबाट हामफाली चार बाल बिज्याईंकर्ताहरू फरार भएका थिए । तीमध्ये एकजनालाई तत्कालै विराटनगर–३ बाट पक्राउ गरिएको जिल्ला […]

स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने.

काठमाडौं । सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ । कार्यविधिअनुसार अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न संघमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन […]

उपत्यकामा सार्वजनिक सवारी साधन तत्काल सञ्चालन नहुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उपत्यकामा सार्वजनिक सवारी साधन तत्काल सञ्चालन नहुने.

काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल सवारी–साधन सञ्चालन नहुने सम्भावना बढेर गएको छ । अब थपिने निषेधाज्ञामा अरु क्षेत्रमा खुकुलो बनाउने तयारी भएपनि सार्वजनिक सवारीमा पहिलेकै नियम लागु हुने सम्भावना बढेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला पछिल्लो साताको कोरोना संक्रमणको तथ्यांक हेर्दा सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको बताउँछन् […]

बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, स्वास्थ्य, by . Leave a Comment on बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् । उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, […]

निषेधाज्ञा खुकुलो भएसँगै भिसा लगाउन युवाहरू काठमाडौंमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निषेधाज्ञा खुकुलो भएसँगै भिसा लगाउन युवाहरू काठमाडौंमा.

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक रोजगारमा जान भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् । महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर फर्किएका थिए । त्यतिबेला […]

सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित प्रतिपरिवार आठ बन्डल जस्तापाता दिन्छौँ : प्रधानमन्त्री

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित प्रतिपरिवार आठ बन्डल जस्तापाता दिन्छौँ : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन् । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्तापाता प्रदान गरिने प्रतिबद्धता […]

प्रदेश–२ मन्त्रिपरिषद् समावेशी नभएको भन्दै रिट

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on प्रदेश–२ मन्त्रिपरिषद् समावेशी नभएको भन्दै रिट.

जनकपुरधाम । प्रदेश नम्बर–२ को मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता राजकुमार महासेठले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मुख्य विपक्षी बनाई रिट दर्ता गराएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले गएको जेठ २६ गते नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । उक्त मन्त्रिपरिषद् विस्तार समावेशी नभएको भन्दै रिट दर्ता […]