Sajhamanch Archive

चार्टर्ड उडानमा यात्रु ठगिएको गुनासोपछि छानबिन समिति गठन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चार्टर्ड उडानमा यात्रु ठगिएको गुनासोपछि छानबिन समिति गठन.

काठमाडौं । चार्टर्ड उडानको नाममा सर्वसाधारण ठगिएको गुनासोपछि सरकारले छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । चार्टर्ड उडानका नाममा निजी वायुसेवा कम्पनीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग चर्को भाडा असुलेको गुनासो आएपछि छानबिन समिति गठन गरिएको महानिर्देशक […]

लगातार एक सातासम्म घटेको सेयर बजारमा हरियाली, ६८ अंकले बढ्दा २९०० अंक नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on लगातार एक सातासम्म घटेको सेयर बजारमा हरियाली, ६८ अंकले बढ्दा २९०० अंक नाघ्यो.

काठमाडौं । एक सातासम्म लगातार घटेको सेयर बजारमा आज भने हरियाली छाएको छ । गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक विन्दुमा पुगेर घट्न सुरु भएको सेयर बजारमा आज भने हरियाली छाएको हो । सुरुवतदेखि नै तीव्र उतार–चढाव देखिएको नेप्से बजार खुलेको १० मिनेटमा नै ५० अंकभन्दा माथिले बढेर २८२५ अंक नाघेको थियो । त्यसको […]

एमालेको एकता जोगाउन भीम आर्चायका ६ बुँदे सुझाव

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on एमालेको एकता जोगाउन भीम आर्चायका ६ बुँदे सुझाव.

काठमाडौं । नेकपा (एमाले) खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेको बताएका छन् । “यति बेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् […]

मध्याह्न १२ बजेसम्म विराटनगरका सबै पसल खुला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, by . Leave a Comment on मध्याह्न १२ बजेसम्म विराटनगरका सबै पसल खुला.

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा केही खुकुलो गरेको छ । मंगलबारदेखि असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा दैनिक मध्याह्न १२ बजेसम्म सबै पसल खोल्न दिने निर्णय गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र मध्याह्न १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताए । विराटनगरमा […]

अर्जेन्टिना शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on अर्जेन्टिना शीर्ष स्थानमा.

काठमाडौं  । अर्जेन्टिना कोपा अमेरिका फुटबलको समूह ‘ए’को शीर्ष स्थानमा स्थापित भएको छ । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा दोस्रो जित निकाल्दै अर्जेन्टिना शीर्ष स्थानमा स्थापित भएको हो । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको दशौँ मिनेटमा गोल […]

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै.

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गएको जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ गर्दैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने/नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्दैछ । गएको जेठ ६ गते सर्वोच्चले सांसद पद गुमेर पुनर्नियुक्ति भएका ६ मन्त्रीको पद खारेज गरी काम–कारबाहीमा रोक लगाएका […]

प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, by . Leave a Comment on प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी.

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथिको छलफल सुरु भएको छ । प्रदेशसभाको बैठकमा सोमबारबाट बजेटमाथिको छलफल सुरु भएको हो । बजेटमाथिको छलफलमा सांसदहरूले सरकारले ल्याएको बजेट कार्यान्वयनमुखी भन्दा पनि औपचारिक मात्र रहेको टिप्पणी गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटकपटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन […]

योगाभ्यास विधिमा परिमार्जन गर्न आग्रह गर्दै ओलीले भने– योगको उद्गमस्थल नेपाल हो

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on योगाभ्यास विधिमा परिमार्जन गर्न आग्रह गर्दै ओलीले भने– योगको उद्गमस्थल नेपाल हो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन् । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण सभ्यतालाई कायम राख्न विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन […]

सेयर बजारमा उच्च गिरावट, सबै उपसूचक घट्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on सेयर बजारमा उच्च गिरावट, सबै उपसूचक घट्दै.

काठमाडौं । सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत सोमबार ३०२५.८३ अंकमा पुगेर मंगलबारबाट घट्न सुरु भएको नेप्से त्यसयता लगातार घटिरहेको छ । यो साताको पहिलो कारोबार दिन आइतबार ६३ अंकले गिरावट भएको बजारमा आज यो समाचार तयार गर्दासम्म ७२ अंकको गिरावट भइसकेको छ । ११ बजेबाट कारोबार सुरु भएको बजारमा […]

एसिड आक्रमणमा परेकाको चार अस्पतालमा निःशुल्क उपचार

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on एसिड आक्रमणमा परेकाको चार अस्पतालमा निःशुल्क उपचार.

काठमाडौं । एसिड आक्रमणमा परेकाहरुको कस्मेटिक बाहेकको उपचार अव आजिवन निःशुल्क हुने भएको छ । सरकारले निःशुल्क उपचारका लागि काठमाडौंका चारवटा अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ । अहिलेलाई त्रिवी शिक्षण, वीर, पाटन र किर्तिपुर अस्पताललाई बर्न डेडिकेटेड अस्पताल तोकेको छ । यी अस्पतालबाट निःशुल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३१ गतेदेखि लागु […]