Sajhamanch Archive

कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, सहकारी, by . Leave a Comment on कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?.

कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक समाधान गर्दै जाँदा नै विकास हुन्छ । अहिले सहकारी संस्थाहरुमा देखिएको समस्या पहिला पनि थियो र पछि पनि यस्ता समस्या […]

राजनीतिमा इतिहासको ब्याज र विकल्पको खोजी

Published: in मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on राजनीतिमा इतिहासको ब्याज र विकल्पको खोजी.

देशमा २०१७ देखि २०४७ सालसम्म ३० वर्ष राजाको प्रत्यक्ष नेतृत्वमा पञ्चायती व्यवस्था थियो । त्यसलाई जनआन्दोलनको बलमा फालेर २०४७ सालमा बहुदलीय व्यवस्था हुँदै गणतन्त्र स्थापना गरेर देशमा जनताले छानेका प्रतिनिधिले शासनसत्ता सञ्चालन गरेको पनि अर्को ३० वर्ष पूरा भयो । यो पछिल्लो ३० वर्षमा पनि राजाले संवैधानिक राष्ट्रप्रमुख भएर ११ वर्ष पूरा र प्रत्यक्ष शासन […]

वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर.

विश्वब्यापी रुपमा देखापरेको वित्तीय सङ्टको असर नेपालमा नपर्ने कुरै थिएन, त्यसैले असर देखापर्न थाल्यो । इन्धनको मूल्य वृद्धिसँगै बजार भाउ बढ्दै गयो । अब खाद्यान्नको भाउ अचाक्ली वृद्धि हुने सङ्केत देखिँदैछ । जलवायु परिवर्तन, रुस–युक्रेनको युद्ध, कोरोनाको प्रभाव आदि कारणले विश्व अर्थतन्त्रमा देखा परेको सङ्कटको मार नेपालमा पर्ने नै भयो । कृषिप्रधान देश नेपालमा खाद्यान्न, […]

सहकारी संघ–संस्थाहरु प्रारम्भिक सहकारीको प्रवर्धनमा कति अग्रसर छन् !?

Published: in लोकप्रिय, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on सहकारी संघ–संस्थाहरु प्रारम्भिक सहकारीको प्रवर्धनमा कति अग्रसर छन् !?.

सहकारी, समाज, प्रशासन लगायतका क्षेत्रका ज्ञाता र अनुभवी प्रशासकका रुपमा राष्ट्रिय रुपमा परिचित विद्वान, नेपाल सरकारका पूर्व सचिव, लेखक एवं विश्लेषक गोपीनाथ मैनालीले तयार पार्नु भएको सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका विषयक कार्यपत्रका बारेमा नियम पुर्याउन मात्रै म टिप्पणीकारको रुपमा उभिएको छु । यति धेरै विद्वता र अनुभव भएका कार्यपत्र प्रस्तोताप्रति हार्दिक नमन […]

कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो.

नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि […]

खुम्चिएको अर्थतन्त्र, सहकारीको जोखिम र समाधान

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on खुम्चिएको अर्थतन्त्र, सहकारीको जोखिम र समाधान.

नेपालको सहकारी अभियानसमेत यो बेला जोखिममा छ भन्दा अत्युक्ति हुँदैन । किनकि नेपालको समग्र आर्थिक अवस्था नै जोखिममा भएको समयमा सहकारी क्षेत्रमा कुनै नकारात्मक प्रभाव परेको छैन भनेर ढाकछोप गर्न आवश्यक छैन भन्ने मेरो बुझाई हो । समग्र अर्थतन्त्रका सुचाङ्कहरु नकारात्मक छन् । एक वर्ष पहिले झण्डै १४ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति […]

तपाईंको भान्सामा कस्तो तरकारी पाक्दैछ ?

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, स्वास्थ्य, by . Leave a Comment on तपाईंको भान्सामा कस्तो तरकारी पाक्दैछ ?.

मानिसहरुमा अहिले स्वास्थ चेतना बढ्दै जान गालेको छ । कोदाको पीठो, मकैको चामल, फापरको पीठो, चना वा जौको सातुजस्ता बस्तुको बिक्री पनि बढ्न थालेको छ । २० वर्ष पहिले हामीले खाने खानामा भातको मात्रा धेरै हुन्थ्यो । तरकारी, दाल, अचार र अन्य बस्तु थोरै । तर अहिले थालमा भात घटेको छ तरकारी, दाल, अचारसहितका परिकारको […]

एनएमसी डेरीमार्फत दूधमा गरिएको स्वच्छताको प्रयास

Published: in विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on एनएमसी डेरीमार्फत दूधमा गरिएको स्वच्छताको प्रयास.

शुरुमा मलाई पनि लाग्थ्यो दूधमा पानी नमिसाए पछि दूध शुद्ध हुन्छ । तर त्यस्तो हुँदो रहेनछ । दूधको स्वच्छतामा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेछ । दूध स्वच्छ भएन भने अलिकति पनि खराब दूधले सबै दूधलाई चाँडै बिगार्ने रहेछ । सङ्कलन भएको दूधमा समस्या देखिन थालेपछि समस्या पहिचान गर्न शुरु गर्यौं । प्रत्येक किसानले ल्याएको […]

नेपाल किन बनेन – १ : एनएमसीको अनुभव

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on नेपाल किन बनेन – १ : एनएमसीको अनुभव.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को स्थापना २०५० सालमा भयो । सहकारीका बारेमा धेरै नबुझी नजानी शुरु गरेको आजको एनएमसीले खुलेको २ वर्षमा पाँचवटा शाखा वा सेवा केन्दहरु स्थापना गरेका थियौं । त्यो बेला राजनीतिक सङ्क्रमणको समय भएकाले नीति नियमको बारेमा धेरै खोजी भएन । हामीले पनि जे गर्दा ठिक हुन्छ भन्ने लाग्यो त्यही गर्दै […]

सहकारीमा नेता समस्या हुन् कि समाधान !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारीमा नेता समस्या हुन् कि समाधान !.

नेता समाधान हुनुपर्छ समस्या होइन । तर जुन देश, समाज, पार्टी र सङ्घ–संस्थामा धेरै नेता हुन्छन्, त्यहाँ नेता समस्या हुने गर्छन् । नेपालका सबै पार्टीमा यो समस्या छ । पार्टीमा मात्रै होइन, विभिन्न क्षेत्र र सङ्घ–संस्थामा पनि यही समस्या छ । पार्टीहरुलाई नेता व्यवस्थापन गर्न सकस पर्दै गएको छ । पार्टीमा नेताहरुको व्यवस्थापन गर्ने नाममा […]