Sajhamanch Archive

एनएमसीको अनुभव र व्यवसायिक कृषकका कुरा

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on एनएमसीको अनुभव र व्यवसायिक कृषकका कुरा.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषि कर्म गर्न चाहने सदस्यलाई विभिन्न तरिकाले सहयोग गर्ने मनसायले अभियान शुरु गरेका थियौं । विशेषगरी गाईभैंसी पाल्ने र तरकारी खेती गर्ने किसानलाई लक्षित गरी विभिन्न कार्यक्रम पनि ल्यायौं । गाईभैंसी पाल्ने किसानलाई दुध बिक्री गर्न सहज होस् भनेर किसानको पहुँचमा हुने गरी दुध चिस्यान केन्द्रको निर्माणमा जोड दियौं । […]

एनएमसी सहकारी पसलः सञ्चालनको अन्तरकथा

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसी सहकारी पसलः सञ्चालनको अन्तरकथा.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चौथो व्यवसायकोरुपमा २०७६ साल वैशाख ९ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा एनएमसीको आफ्नै भवनबाट सहकारी पसल शुरु गरियो । एनएमसीको भवन बजारमै नभएर थोरै तल पर्छ । मानिसले धाएर आउनुपर्छ । सहकारीको आफ्नै भवन भएकाले माथि कार्यालय र तल सहकारी पसल चलाउन उपयुक्त ठान्यौं । अन्यत्र बजारमा एक […]

एनएमसी डेरी उद्योग र श्याम मिश्रको अपील

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on एनएमसी डेरी उद्योग र श्याम मिश्रको अपील.

‘‘एनएमसीले मेरो दिनुपर्ने पारिश्रमिक दिन किन ढिलाई गरेको हो ? अब त ब्याज पनि दावी गर्नुपर्ने भो । यो सामाजिक सञ्जाल मार्फत सबै एनएमसी पदाधिकारी एवम् सदस्यज्यूहरुलाई मेरो अनुरोधः तपाईंको निरङ्कुश (कसैले अङ्कुश लगाउन नसक्ने) आजीवन अध्यक्षलाई श्याम मिश्र बारे एउटा प्रश्न गर्न सक्नु हुन्छ ? एनएमसी डेरी शुरु हुनुभन्दा अघि श्याम मिश्र कहाँ के […]

कृषिको दिगो विकासमा सहकारी व्यवसायको सम्भावना

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on कृषिको दिगो विकासमा सहकारी व्यवसायको सम्भावना.

नेपालमा हरेक वर्ष असारको १५ गतेलाई धान दिवसको रुपमा मनाइन्छ । नेपालीको मुख्य खानामा भात पर्छ र धानको भात खाने चलन छ । धानको उत्पादन बढाउने अनेक घोषणा गरिए पनि सोचेजस्तो उपलव्धी भएको छैन । खाद्यान्नका मुख्य बालीहरु धान, मकै, गहुँ, कोदो, फापर, जौ, आलु सबैको हालत उस्तैउस्तै छ । माथि उल्लेख गरिएका कुनै पनि […]

एनएमसी डेरी उद्योग खुलेपछि

Published: (Updated: ) in अर्थतन्त्र, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसी डेरी उद्योग खुलेपछि.

एनएमसी डेरी उद्योगको स्थापना २०७२ सालमा भएको हो । वैशाख २ गतेबाट परीक्षण उत्पादन शुरुगरी वैशाख १३ गतेबाट आफ्ना उत्पादनहरु बजारमा प्रवेश गराएको हो । एनएमसी डेरी उद्योग सुरु हुनुभन्दा अगाडि र यो अवधि (६ वर्ष पूरा प्रवेश गर्दासम्म) के फरक भयो ? यो विषयमा आफैंले अनुभूति गरेका केही अवस्थाका बारेमा यो आलेखमा चर्चा गरेको […]

कोरोनाको कहरमा बित्यो यसवर्षको दशैंपर्व

Published: in विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाको कहरमा बित्यो यसवर्षको दशैंपर्व.

वि. सं. २०७७ सालको दशैं निकै कष्टपूर्ण रहन पुग्यो । असोज २६ गते एनएमसीले कर्पोरेट अफिसका लागि माग गरेको सूचनामा परेका जग्गाहरुको स्थलगत अवलोकनका लागि संस्थाकै दुईवटा गाडी लिएर निस्क्यौं । सुरुङ्गाबाट शुरु गर्ने निधो भयो । सुरुङ्गाबाट खेम मिश्र, विकास उप्रेती, सावित्रा दाहाल, मिनकुमार प्रधान सहभागी हुनुभयो । म, लक्ष्मी सर, नारायण कोइराला काकरभिट्टाबाट […]

दूधमा पानी मिसाउनेहरु आफैं पछुताउँछन्

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on दूधमा पानी मिसाउनेहरु आफैं पछुताउँछन्.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले डेरी उद्योगको स्थापना गरेपछिको एउटा राम्रो चुनौती थियो, उद्योगले पानी नमिसाएको दूधमात्र किसानबाट लिनु । यो कुरा शुरुमा धेरैका लागि असम्भवजस्तै थियो । तर हामीले प्रविधि बुझेका थियौं र शुद्ध (पानी नहालेको) एवम् स्वच्छ (फोहर नमिसिएको) दूध लिन सक्छौं भन्ने विश्वास थियो । चलेको चलन भनेको दूधमा थोरै भए पनि […]

स्वच्छ र सफा दूधका लागि एनएमसी डेरीका प्रयासहरु

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on स्वच्छ र सफा दूधका लागि एनएमसी डेरीका प्रयासहरु.

एनएमसीले डेरी उद्योग सञ्चालनमा ल्याउनुभन्दा पहिला म पनि दूधमा पानी मिसाएन भने शुद्ध र स्वच्छ हुन्छ भन्ने भ्रममा थिएँ । डेरी उद्योग शुरु गर्ने सोच बनाएर डेरीका लागि आवश्यक जनशक्ति खोज्ने क्रममा डेरी विशेषज्ञ श्याम मिश्र सरसँग मेरो पहिलो भेट धरानमा भएको थियो । श्याम सरले डेरी उद्योग चलाएर राम्रो प्रोडक्ट बनाउन शुद्ध र स्वच्छ […]

एनएमसी कृषिफर्मले सिकाएको अनुभव र अबको बाटो

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसी कृषिफर्मले सिकाएको अनुभव र अबको बाटो.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (एनएमसी)ले तेस्रो व्यवसायको रुपमा एनएमसी कृषि फर्मको शुरुवात गरेको छ । अहिलेसम्ममा करिव १६ विगाहा जमिन खरिद गरेर शुरु गरिएको कृषिकर्मले केही अनुभवहरु दिएको छ । जमिनको खरिदको शुरुवात २०७५ सालबाट भएको थियो । शुरुमा करिव १२ विगाहा जमिन खरिद गरेर काम शुरु गरेका थियौं । एनएमसीले कृषिफर्म किन […]

सम्भावना र चुनौतिका बीचमा स्थापित सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सम्भावना र चुनौतिका बीचमा स्थापित सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ.

सहकारी ऐन २०७४ ले व्यवस्था गरेको विशिष्टिकृत सहकारी संघहरु खुल्ने क्रम शुरु भएको छ । न्यूनतम् २५ वटा सहकारी संस्थाहरु मिलेर ठूलो व्यवसाय गर्ने परिकल्पना यहाँ गरिएको छ । देशमा सहकारीको संख्या धेरै भयो तर ठूलो व्यवसाय गर्ने र व्यवसाय विविधिकरणमा जाने कुरा खासै देखिएन । त्यसैले अब सहकारीले ठूलठूला व्यवसाय गर्नुपर्छ । सेवा, उद्योग, […]