Sajhamanch Archive

झापाबाट २७ खेलमा ४४९ खेलाडी छानिए

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाबाट २७ खेलमा ४४९ खेलाडी छानिए.

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको आज सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश […]

स्थानीय तह निर्वाचन : भद्रपुरमा एमालेको बृहत मोटरसाइकल र्याली्र

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on स्थानीय तह निर्वाचन : भद्रपुरमा एमालेको बृहत मोटरसाइकल र्याली्र.

भद्रपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारको अन्तिम दिन मंगलबार झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले बृहत मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । चुनाव प्रचार–प्रसार कमिटी भद्रपुरको संयोजनमा एमाले कार्यकर्ता तथा समर्थकहरुले मोटरसाइकल र्याली निकालेका हुन् । भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख […]

‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’ : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on ‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’ : अध्यक्ष ओली.

भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी दोहोर्याएका छन् । झापाका विभिन्न पालिकाहरुमा मंगलबार भएका छुट्टाछुट्टै चुनावी सभाहरुमा अध्यक्ष ओलीले एमालेले स्पष्ट नीति तथा कार्यक्रमहरु लिएर जनतामाझ पुगेकाले आफ्नो पार्टीले बर्चश्व कायम गर्ने दावी गरेका हुन् । जिल्ला […]

झापाका उद्योगी–व्यवसायीबीच आर्थिक विधेयक २०७६ बारे छलफल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापाका उद्योगी–व्यवसायीबीच आर्थिक विधेयक २०७६ बारे छलफल.

भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ । झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी जारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो । अन्तरक्रियामा उद्योगीहरुले विधेयकमा उल्लेखित कतिपय प्रावधान व्यावहारिक रुपमा […]