Sajhamanch Archive

प्रतिनिधि सभा विघटन: आज पनि सरकारी पक्षको बहस

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on प्रतिनिधि सभा विघटन: आज पनि सरकारी पक्षको बहस.

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारी पक्षको बहस हुनेछ। सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए। उनले प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको तर्क गरेका थिए। महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दैछन्। अब १० जनाले बहस गर्न बाँकी छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश […]

बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ.

काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो। नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल […]

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी.

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। ‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ,’ पराजुलीले भने। निषेधाज्ञा केही खुकुलो […]

उपत्यकामा कोरोना संक्रमितको सँख्या बढै 

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा कोरोना संक्रमितको सँख्या बढै .

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा गम्भीरखाले संक्रमित बढ्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा अहिले ६१ जना आइसियूमा उपचाररत् छन्। जसमध्ये ४७ जनालाई भेन्टिलेटरमा राखिएको छ। मन्त्रालयले शनिबार जारी गरेको आँकडाअनुसार अहिले उपत्यकामा मात्र झन्डै ६ सय संक्रमितको उपचार भइरहेको छ। नयाँ भेरियन्ट नेपालमा पनि भित्रिएपछि चैत […]

चितवनमा भत्केको पुल बनाउने क्रममा त्रिशूली नदीमा खसेर एकको मृत्यु ,८ घाइते र २ बेपत्ता

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on चितवनमा भत्केको पुल बनाउने क्रममा त्रिशूली नदीमा खसेर एकको मृत्यु ,८ घाइते र २ बेपत्ता.

चितवन । चितवन र तनहुँलाई जोड्नेगरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। ८ जना मजदुर घाइते भएका छन्। नदीमा खसेर फलामले च्यापिएका दुई जना मजदुरको अझै उद्धार हुन सकेको छैन। भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खसेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका […]

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैे.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ। यस्तै आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुने स्थायी कमिटि सदस्य गणेश साहले जानकारी दिए। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई […]

भारतमा कोरोना संक्रमित बढदै एकैदिन थपिए २ लाख ७५ हजार , १६ सय बढीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोना संक्रमित बढदै एकैदिन थपिए २ लाख ७५ हजार , १६ सय बढीको मृत्यु.

काठमाडौँ । भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार भारतभरि १ हजार ६सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् […]

चितवनमा गाडी दुर्घटना : दुई जनाको मृत्यु, ७ घाइते

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on चितवनमा गाडी दुर्घटना : दुई जनाको मृत्यु, ७ घाइते.

चितवन । चितवनमा गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु भएको छ। आइतबार विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो । दुर्घटनामा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा कास्कीको रुपा […]

भारतमा २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित.

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्। पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो […]