Sajhamanch Archive

मेची नगरको कोइला फ्याक्ट्रीमा भिषण आगलागी

Published: (Updated: ) in विविधा, समाज by .

विर्तामोड । झापाको मेची नगरमा रहेको  कोइला फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटी स्थित बायो ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भई आलगाली भएको हो ।

सोमबार बिहान ३ बजेदेखि लागेको आगो करिब १० बजे नियन्त्रणमा आएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिका को दमकलले आगो निभाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *