विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निश्कर्ष
Published: (Updated: )
by .काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन् ।
सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई विक्री गर्न हामीलाई विधुतीय ग्रीड चाहिएको थियो । त्यस विषय माकाम गर्न जलउर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय गरेका छौं” उनले भने ।
ओलीले भने, भारत र वंगलादेशसँग विशेष रुपमा केन्द्रित भएर कुराकानी गरेका छौं, जसबाट हामीभारत, वंगलादेश र म्यानमार मात्र होइन सूदुर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्नेछौं ।
नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर विमस्टेकमा छलफल गरी घोषणा पत्रजारी गरिएको बताउँदै प्रधानमन्त्रीले भने “विमस्टेक होस वा अन्य क्षेत्रीय वा अन्तराष्ट्रिय मञ्च होस हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं । ”
प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षामन्त्रालय अन्तरगतका सुरक्षा निकायलगायत सकारका सबै निकायलाई धन्यवाद दिए ।
उनले नेपाली जनता खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यका वासीप्रति आभार प्रकट गरे । ओलीले भने “आमसञ्चार माध्यम, वौद्धिक जगत र आम रुपमा सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।”
Comments