Sajhamanch Archive

शिवसताक्षीमा २१ जना सक्रिय संक्रमित, सबैको अवस्था सामान्य

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । देश भर संक्रिय कोरोना संक्रमणको दर बढ्न थालेपछि शिवसताक्षी नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्या २१ पुगेको छ ।

कोरोना भाइरसको दोस्रो लहर चलेसँगै शिवसताक्षीमा पनि सक्रिय संक्रमितको संख्या बढ्न थालेको हो ।

सबै सक्रिय संक्रिमको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेनमा बससेका शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका २५ जना संक्रमित मध्ये ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किसकेकाले हाल २१ संक्रिमत रहेको हो ।

जसमा शिवसताक्षी ११ र मात्र ६ जना संक्रमित रहेका छन् । ११ नं. वडामा ४ महिला र २ पुरुष संक्रमित भएका हुन्।

नगरपालिकाको वडा नं १ एकजना महिला, वडा नम्बर २ मा २ जना पुरुष, वडा नम्बर ३ मा २ महिला, वडा नम्बर ४ मा १ जना महिला र ४ जना पुरुष संक्रमित छन् । यस्तै वडा नम्बर ७ मा १ पुरुष, वडा नम्बर ९ मा २ महिला र दुई जना पुरुष संक्रमित भएका शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार काठमाडौं लगायतका अन्य ठाउँमा निषेधाज्ञा सुरु भएपछि गृहनगर शिवसताक्षी आएका सर्वसाधारणमा कोरोना संक्रमण अत्यधिक देखिएको छ । रोजगारका लागि भारतलगायत अन्य मुलुकमा गएर फर्किएकाको पीसीआर गर्दा पोजेटिभ रिर्पोट आएको स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीले बताए ।

नगरबासीलाई कोरोना संक्रमण भई अप्ठ्यारो अवस्था आए शिवसताक्षीले निर्माण गरेको कोभिड अस्पताल तयारी अवस्था रहेको नगरप्रमुख चन्द्रकुमार सेर्माले जानकारी दिए । उनका अनुसार हालसम्म कसैलाई पनि कोभिड अस्पतालमा ल्याएर उपचार गर्नु पर्ने अवस्था आएको छैन । नगर प्रमुखले भने, दूधे आयुर्वेद औषधालयसँग समन्वय गरेर नगरपालिकाले संक्रिमतहरुको इम्युनिटी पावर बढाउन विभिन्न औषधीहरु घर घरै पु¥याउने व्यवस्था मिलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *