Sajhamanch Archive

कोभिड व्यवस्थापनका लागि जुट्यो शिवसताक्षी नगरपालिका

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिका संक्रमणको न्युनिकरण र व्यवस्थापनका लागि जुटेको छ । नगरले संक्रमण जोखिम न्यूनिकरणका लागि नगर तथा वडास्तरीय कोभिड व्यवस्थापन टिम गठन गरेको छ ।

नगर स्तरीय टिममा डा. सविन ढकाल, सि.अहेव रोशन अधिकारी, हे.अ सन्जय ठकुरी र सि.ल्याव असिष्टेन्ड निराजन केसी रहेका छन् । त्यसैगरी वडा स्तरीय कोभिड व्यवस्थापन टिममा हे.अ. पदप्रसाद रिजाल, विदुर पोखरेल, प्रकाश ताजपुरिया, सञ्जय ताजपुरिया, जितेन्द्र राजवंशी, दिनेश पौड्याल, सोनी लिम्बु, अनमी लक्ष्मी आचार्य, अहेव कविता लिम्बु, ख्यामनाथ दुलाल, सिअहेव मिनबहादुर बाह्रकोटी रहेका छन् ।

उनीहरुले नगरका सबै वडाहरुमा कोरोना भाइरस संक्रमण लागेका व्याक्तिहरुलाई सम्पर्क गरी नगरस्तरीय टिमलाई जानकारी गराउने नगरका सुचना अधिकारी डिल्ली नेपालले जानकारी दिए ।

नगर स्तरीय टिमले जानकारी पाएपछि विरामीको अवस्था हेरी नगरको स्वास्थ्य शाखाको समन्वयमा विरामीलाई नगरको कोभड अस्तापलमा ल्याई उपचार गर्ने र त्यहाँ सम्भवन नभए अन्य अस्पतालमा पु¥याउन समेत सहयोग गर्ने बताइएको छ ।
हाल शिवतसाक्षी नगरपालिकामा कोरोना भाइरसको सक्रिय संक्रमित २१ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *