Sajhamanch Archive

कमल गाउँपालिकामा थप ४४ जना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । कोभिड १९ को दोस्रोे लहर चलेसँगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन उच्च गतिमा बढी रहेको छ ।

विश्वमा नै माहामारीका रुपमा फैलिएको नयाँ भेरियन्सको कोभिड १९ बाट पछिल्लो ४८ घण्टामा कमल गाउँपालिकामा ४४ जनामा सक्रमित पुष्टि भएको छ ।

पुष्टि भएका संक्रमित मध्ये पुरुष २१ जना र महिला २३ जना रहेको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो सँगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ९२ जना पुगेको छ ।

संक्रमित मध्ये ८५ जना होम आईसोलेसन बसेका छन् । विएण्डसी अस्पताल विर्तामोडमा २ जना र कमल गाउँपालिकाको कोभिड अस्पतालमा १ जना रहेका छन् । संक्रमित मध्ये ३ जना कोरोना जितेर घर फर्किएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिए ।

त्यसैगरी जिल्लामा हाल सम्म ३९ हजार ५९१ जनाको पिसिआर परिक्षण गर्दा ५ हजार ९२५ मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ४ हजार ५७६ जना निको भएका छन् । आईसोलेसनमा १ हजार २०३ जना बसेका छन् भने १४६ जना को मृत्यु भएको स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *