Sajhamanch Archive

शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in विविधा, विविधा, समाज, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षीमा होम आइसोलेसनमा बसेका एक जना ७५ वर्षीय  कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढका कोरोना संक्रमितको शनिबार साँझ मृत्यु भएको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए ।

उनका अनुसार तीन दिन अघि कोरोना संक्रिमत पुरुषलाई स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घरमा ल्याइएको थियो । शनिबार दिउँसो सम्म स्वास्थ्यमा सुधार भएको भनिएपनि साँझ अचानक मृत्यु भएको बताइएको छ ।
उनी चिल्लागढ निवासी रिजाल थरका व्यक्ति हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *