Sajhamanch Archive

दमक नगरपालिकामा ३१५ संक्रिमत, ३७ जना डिस्चार्ज, ७ जनाको मृत्यु,

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

दमक । झापाको दमक नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१५ पुगेको छ ।

कोरोना भाइरको दोस्रो लहर चले यता आइतबार थपिएका सहित कोरोनाका संक्रमितको संख्या ३ सय नाघेको छ ।

आज आइतबार सम्ममा कूल ३१५ जना संक्रमित भएका छन । उनीहरु मध्ये १८६ पुरुष र १२९ महिला छन । जस मध्ये ३७ जना उपचारपछि निको भएका छन । हालसम्म कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको नगरपालिकाले जनाएको । मृत्यु हुनेमा ४ पुरुष र ३ महिला रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार अनुसार कोरोनाको दोस्रो लहरमा संक्रमित भएकाहरु मध्ये अहिले दमकमा २७१ जना सक्रिय संक्रमित छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *