शिवसताक्षीका एक बृद्धको कोरोना कारण मृत्यु
Published:
by .शिवसताक्षी । झापा शिवतसाक्षीमा एक बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारका ८४ वर्षीय बृद्धको गएराति विर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
उनलाई रुघा, ज्वरो आएपछि विर्तासिटी अस्पतालमा भर्ना गरिएको र सिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको वडा नं. १० का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । उनले गएराति नै बृद्धको मृत्यु भएको जानकारी दिए ।
मृतक बृद्धको सव नेपाली सेनाको टोली आज विहान अन्तेष्ठी गरेको बताइएको छ । हाल शिवसताक्षी वडा नं. १० को माइधारमा संक्रमण बढेको वडाध्यक्ष थापाले जानकारी दिए । थापाका अनुसार हाल माइधारमा लकडाउनलाई कडाईका साथ लागु गरिएको छ । मृतक बृद्ध मैनाली थरका हुन् ।
Comments