Sajhamanch Archive

प्रदेश १ मा ३८ हजार ९२० संक्रमित मध्ये ३० हजार ३०२ जनाले कोरोना जिते

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो । गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरंगको विराटनगरमा १२४ महिला र १७७पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरी शनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा३–३, धनपालथान, सुनबर्षी र स्थानीयतह नखुलेका १–१, झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२ जना संक्रमित थपिएका छन् । त्यस्तै दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बा¥हदशीमा ४, स्थानीयतह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा२–२, शिवसताक्षी र गौरीगञ्जमा १–१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीयतह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीयतहनखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीयतह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीयतहनखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीयतहनखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १माकोरोना संक्रमितको संख्या ३८हजार ९२०पुगेको छ । संक्रमितभएकामध्ये ३० हजार ३०२ संक्रमणमुक्त भएका छन् । आज ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८हजार ५०पुगेको छ । प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *