मेचीनगरमा थप दुई जनाको कोरोनाको कारण मृत्यु
Published: (Updated: )
by .मेचीनगर । झापा मेची नगरमा थप दुई जनाको कोरोना संक्रमणका कारण मेचीनगरमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर १० का ३९ बर्षिया राजवंशी समुदायकी महिला र ६६ बर्षिय श्रेष्ठ थरका पुरुष रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले जानकारी दिए । । हिजो बेलुका ७ः३० बजे महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको राति ९ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै कोरोनाको दोस्रो लहर शुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि मेचीनगर ६ का ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
त्यस्तै आज बिहान कचनकवल ५ का एक कोरोना संक्रमित बृद्धको मेची अस्पतालमा मृत्यु भएको छ । राजवंशी समुदायका ७० वर्षिय बृद्धको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६२ पुगेको छ ।
Comments