Sajhamanch Archive

नगरमा भएको अक्सिजनसहितको एम्बुलेन्स अपुग भए नगरका गाडीहरु प्रयोगमा ल्याउनेः प्रमुख प्रशासकीय अधिकृत राई

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य, by .

शिवसताक्षी । कोरोना भाइरसको संक्रमण दर उच्च रहेपछि शिवसताक्षी नगरपालिकाले अक्सिजन सहितको एम्बुलेन्सले सेवा प्रदान गरिरहेको जनाएको छ । नगर भित्र रहेका कोरोना संक्रिमतहरुलाई निशुल्क अस्पताल सम्म पु¥याउने ल्याउने नगरमा रहेको एम्बुलेन्सले सेवा प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगर भित्ररहेका संक्रमितहरुका नगरपालिकाले यस अघि नै २५ बेडको आइशोलेसन र ७ बेडको कोभिड अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले जानकारी दिइन् । कोभिड अस्पतालमा डा. सविन ढकालसहित चार जनाको टोली तयारी अवस्थामा रहेको छ ।

अधिकृत राईका अनुसार हाल कोभिड अस्पताल र आइशोलेसनमा कोही पनि विरामी आएका छैनन् । नगर भित्र रहेका संक्रमितहरु उनीहरुको चाहाना अनुसार नै होम आइशोलेसनमा बसेका छन् । नगरले आपतकालिन अवस्थाका लागि ४ ओटा अक्सिनज सिलिण्डर तयारी अवस्था राखेको छ । प्रमुख प्रशासकीय अधिकृत राईले भनिन्, हाल हामीसँग एउटा एम्बुलेन्सले सेवा प्रदान गरिरहेको अवस्था छ । नगर भित्र रहेका संक्रमितहरुको स्वास्थ्य गम्भिर समस्या देखिएर एम्बुलेन्सको अभाव भए नगरमा रहेका गाडीहरुमा अक्सिजन लगाई हामी प्रयोगमा ल्याउँछौं ।

कोरोना भाइरसको दोस्रो लहर आएपछि नगरपालिकामा हाल ४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ४५ जना होम आइसोलेशनमा र ३ जना अस्पतालमा उपचाररत रहेको नगरका हेल्थ असिस्टेड संजय ठकुरीले जानकारी दिए । उनका अनुसार ६ जनाले कोरोना जितेर निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । होम आइशोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको बताएको छ ।

नगरबाट कोभिडको उपचारका लागि खडिएको स्वास्थको टोलीले प्रत्येक दिन होम आइशोलेसनमा रहेका संक्रमितहरुलाई भेटेर परामर्श लिइरहेको स्वास्थ्य कर्मी रोशन अधिकारीले जानकारी दिए । उनले प्रत्येक वडाहरुमा रहेका संक्रमितहरुलाई घरमै आवश्यकता अनुसारको औषधि समेत वितरण गरिएको जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाले निर्माण गरेको अस्थायी कोभड अस्पताल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *