Sajhamanch Archive

कोरोनाबाट सबैभन्दा ‘आहत’ भारतमा शक्तिशाली ‘टोकटे’ चक्रवातको खतरा

Published: in विविधा, विश्व समाचार by .

नयाँदिल्ली । कोरोना भाइरसबाट हाल विश्वमा सबैभन्दा ग्रस्त बनेको भारतमा फेरि अर्को समस्या सिर्जना भएको छ । भारतमा ‘टोकटे’ चक्रवादको खतरा बढेको बीबीसी हिन्दीले जनाएको छ ।

हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ । भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको छ । यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने छ ।

चक्रवात १५० देखि १६० किलोमिटर प्रतिघण्टाको गतिमा कुदिरहेकाले यसले विध्वंश मच्चाउने आशंका गरिएको छ । यसले भारतको गुजरात, केरलामा खतरा उत्पन्न गराउने भएकाले त्यहाँका मानिसलाई सतर्क हुन भनिएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *