Sajhamanch Archive

कता जाँदैछ समाज ? डेढ महिनामा करणीका ७ मुद्दा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

पाँचथर । बलात्कारका घट्नाले देशमै हलचल पैदा भएको छ । बलात्कारीलाई फाँसीको सजाय दिने कानूनी व्यवस्था गर्नु पर्ने सम्मका विषयमा वहस भइरहेको छ ।

बलात्कारका घट्ना देशभरमा बढ्दा पाँचथर पनि यसबाट अछुतो रहन सकेन । पाँचथर जिल्लामा दर्ता भएका जवरजस्ती करणीको प्रयासका मुद्दाले समाज कता जाँदैछ ? भनेर गम्भिर प्रश्न उठाइदिएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरमा बलात्कारका ३४ ओटा मुद्दा पाँचथर जिल्ला अदालतमा दर्ता भएका थिए । जसमध्ये ५ ओटा हाड नाता करणीका मुद्दा थिए ।

तर, चालू आर्थिक वर्षको साढे एक महिनामै ७ ओटा जवरजस्ती करणीका मुद्दा दर्ता भएको पाँचथर जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रजङ्ग राणाले जानकारी दिए । साढे १ महिनामै बलात्कारका ७ ओटा मुद्दा दर्ता हुनुले समाजमा अपराध र आपराधिक मानसिकता कुन हदसम्म बढेको छ भन्ने प्रष्ट पार्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *