Sajhamanch Archive

कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै शिवसताक्षीका मेयर, स्वास्थ्यको टोलीद्वारा औषधि वितरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य, by .

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेका सक्रिय संक्रमितलाई हौसला तथा औषधि वितरण गर्न शिवसताक्षी मेयर संक्रमितको घरमै पुगेरका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. १ शुक्रबारे स्थित एउटै परिवारका पाँच जना संक्रमितलाई मेयर चन्द्रकुमार सेर्मा र नगर स्वास्थ्यको टोली घरमै पुगेर संक्रमितहरुलाई स्वास्थ्यका विषयमा जानकारी लिएको हो । टोलीले दूधे आयुर्वेदबाट इम्युनिटी पावर बढाउने औषधीहरु समेत संक्रमित परिवारलाई प्रदान गरेको छ ।

नगरप्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षीमा कोरोना संक्रमित बढेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले नगरपालिकाले संक्रमितहरुको लागि स्वास्थ्यको टोलीलाई २४ सै घण्टा खटाईरहेको जानकारी दिए । नगरले अति न्युन आय भएका संक्रमित परिवारलाई निशुल्क रुपमा पिसिआर गर्ने र अस्पतालसम्म पु¥याउने ल्याउने व्यवस्था मिलाएको बताए ।

उनले भने, नगरबासी कोहीलाई पनि कोरोनाको संक्रमण भएको शंका लागे नगरपालिका तथा कोभिड व्यवस्थापन टिमलाई सम्पर्क गरे नगरपालिकाले निशुल्क रुपमा अस्पताल पु¥याउने, अक्सिजनको आवश्यक परे अक्सिजन उपलब्ध गराउने, कोरोना टेष्ट गरिदिने व्यवस्था मिलाएको छ । नगरले सञ्चालन गरेको आइशोलेशनमा बस्न चाहनेहरुका लागि अक्सिजन सहितको बेड उपलब्ध गराएको छ । जसमा खाना र खाजाको समेत नगरले व्यवस्था गरेको बताए । तर हालसम्म कोही पनि आइशोलेसनमा आएर बस्न नचाहेको नगरप्रमुख शेर्माले जानकारी दिए ।

कोराना संक्रमितहरुका उपचारका लागि नगर स्वास्थ्यका स्वास्थ्यकर्मी रोसन अधिकारीको भूमिका महत्वपूर्ण रहेको प्रमुख सेर्माले बताए । प्रमुख सेर्माका अनुसार, नगरका स्वास्थ्यकर्मीहरु मध्ये निडर र कर्तव्य निष्ठ भएर संक्रमितहरुको घर घरमै गई स्वास्थ्य अवस्था बारेमा बुझ्ने विरामीलाई अस्पतालसम्म पु¥याउने सबै काम उनले नै गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर यता हाल शिवसताक्षी नगरपालिकामा संक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । जसमा १० जना झापाका विभिन्न अस्पतालमा उपचारत छन् । नगरभित्रका १० जनाले कोरोना जितेर निको भएका छन् भने ३ जनाको मृत्यु भएको नगरका स्वास्थ्यकर्मी रोसन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार होम आइशोलेशनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था सामन्य रहेको छ भने अस्पतालमा उपचार रहेका संक्रमितको स्वास्थ्य अवस्थामा सुधारउन्मुख रहेको छ ।

यता वडा नं. १ का पोख्रेल परिवारले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । पोख्रेल परिवारमा ५ जनामा ८८ वर्षीय बृद्धा आमा पनि संक्रमित छिन् । उनको स्वास्थ्य सन्तोष जनक नै रहेको बताइएको छ । संक्रमित परिवारले आफुबाट अरुमा कोरोना नसरोस भनेर आफै घर बाहिर डोरी टाँगी सुरक्षित भई बसको परिवारले जनाएको छ । परिवारका अनुुसार नगरपालिकाबाट नियमित रुपमा सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारे बुझ्ने र आवश्यक औषधिहरु ल्याइदिने गरका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *