Sajhamanch Archive

साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै

Published: in खेलकुद by .

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ ।

ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो ।

यसपटक भारतले यू–२३ युवा टिमलाई साफ च्याम्पियनसिपमा उतार्नेछ । अघिल्लो संस्करणमा अफगानिस्तानलाई हराएर च्याम्पियन बनेको भारतीय टिममा यू–१७ विश्वकप खेलेका खेलाडीको राम्रो उपस्थिती रहेको छ ।

आजको खेल जित्ने टिमको सेमिफाइनल जित्ने सम्भावना बलियो हुनेछ ।

हेड टु हेड

दक्षिण एसियाका प्रतिद्वन्द्वी भारत र श्रीलंका अहिलेसम्म १५ पटक खेलेका छन् । जसमा आठ खेल भारतले जितेको छ भने तीन खेल श्रीलंकाको पक्षमा छ । बाँकी चार खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो १८ वर्ष यता श्रीलंकाले भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपमा भने यी दुई टोली ६ पटक खेलेका छन् । जसमा ३ खेल भारतले जितेको छ भने दुई खेल बराबरी र बाँकी एक खेल श्रीलंकाले जितेको छ ।

 उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *