Sajhamanch Archive

पेस्तोलसहित विद्यालयबाट तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेस्तोलसहित विद्यालयबाट तीन जना पक्राउ.

धादिङ – उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन्। उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले […]

करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्दै

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्दै.

बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि।सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् । नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी […]

वेष्टह्याम युनाईटेडले लिभरपुललाई रोक्यो बराबरीमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on वेष्टह्याम युनाईटेडले लिभरपुललाई रोक्यो बराबरीमा.

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेडले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराति लण्डनस्थित वेष्टह्यामको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए । तर यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । खेल १–१ गोलको बराबरीमा टुंग्याउदै दुबै टोलीले […]

देशभर बदली, पानी पर्ने सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on देशभर बदली, पानी पर्ने सम्भावना.

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मंगलबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। साथै पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

मुद्दा एउटै आमालाई जन्मकैद, बाबुलाई सफाइ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मुद्दा एउटै आमालाई जन्मकैद, बाबुलाई सफाइ.

ओखलढुङ्गा, २२ माघ । लोग्ने परदेश गएको बेला देवरसँग सम्बन्ध राखी बच्चा जन्माएर मारेको अभियोगमा ओखलढुंगाकी गुनिसा थापामगरलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ भने देवर सोमबहादुर थापाले सफाइ पाएका छन् । एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरक फरक आदेश सुनाएको हो । देवरको आदेशमा गुनिसाले शिुशु मारी फालेको बयान दिए […]

आज सोनाम ल्होछार : प्रदेश तीनमा सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज सोनाम ल्होछार : प्रदेश तीनमा सार्वजनिक बिदा.

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक […]

विद्यालयमा ढिलो आउने शिक्षिकालाई विद्यार्थीले फर्काइदिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्यालयमा ढिलो आउने शिक्षिकालाई विद्यार्थीले फर्काइदिए.

मोरङ। मिस तपाईंको घडीमा कति बज्यो शिक्षिका दुर्गावती राजवंशीले नाडी हेरिन्। भनिन्, ‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’ सोमबार १० बजेर ५ मिनेट गएको थियो। जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयको मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले भने, ‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस्।’ ‘ हुन्छ, फर्कन्छु, भोलिदेखि […]

विज्ञापनमा गल्ती भए ५ वर्ष कैद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विज्ञापनमा गल्ती भए ५ वर्ष कैद.

काठमाडौं । सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको छ । विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही […]

मेची पुलको अन्तरकथाः तत्कालीन युवराज वीरेन्द्रलाई दिएको पैसा हिनामिना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मेची पुलको अन्तरकथाः तत्कालीन युवराज वीरेन्द्रलाई दिएको पैसा हिनामिना.

झापा । नेपाल–भारत सिमास्थित मेचीपुलबाट वारपार गर्नेको चहलपहल यतिखेर बढेको छ । झापाको भद्रपुर नगरपालिका–५ र भारतको गलगलिया जोड्ने ५६० मिटरको पक्कीपुल बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हाल सो पुल हुँदै वारपार गर्ने दुवै देशका नागरिकमा खुसियाली छाएको छ । महेन्द्र राजमार्गको निर्माणसँगै भद्रपुर बजार उजाडिँदै गएको थियो । २००८ सालमा भद्रपुर नगरपालिका […]

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य.

काठमाडौं। सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा […]