प्रदेश–१ मा विपद् व्यवस्थापन सम्बन्धमा विधेयक पारित
Published:
by .विराटनगर। प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकले विधेयक सर्वसम्मतले परित गरेको हो ।
कानुन निर्माणको चरणमा रहेको प्रदेशसभाले योसँगै १७ ओटा विधेयक पारित गरिसकेको छ ।
बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले साउन महिनाभित्रै प्रदेश नम्बर–१ को नाम र स्थायी राजधानी तोक्ने भनेको कुरा गलत सावित भएको र जनतामाथि भम्रको खेती गरेको बताए ।
Comments