Sajhamanch Archive

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री र विपन्नलाई खाद्यन्य वितरण गर्दै कमल नगर जेसीज

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । कमल नगर जेसीजले कोभिड १९ को विषम परिस्थितीमा अग्रभागमा रहेर काम गर्ने सुरक्षकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कमल गाउँपालिकाका विपन्न परिवारलाई खाद्यन्य वितरण गरेको छ ।

कोभिड १९ को संक्रमणलाई फैलिन नदिन र आफ्ना नागरिकालाई स्वास्थ्य राख्नका लागी नेपाल सरकारले निषेधाज्ञा जारी गरेको छ । यस्तो समयमा अग्रभागमा खटिने कमल गाउँपालिकाका सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामाग्री (माक्स, सेनेटाईजर र ग्लोव ) कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेद्वारा हस्तान्तरण गरिएको थियो ।
अमेरिकाको पेन्सिल भेनिया स्थित कामना एसियन फुड मार्टका भगिरथ विष्ट र महेश पाण्डे तथा ओरेन्टल मिनी मार्ट चन्द्र विष्टको सहयोग र याम तिम्सिनाको व्यवस्थापन तथा कमल नगर जेसीजको आयोजनामा स्वास्थ्य सामाग्री र खाद्यन्य वितरण गरिएको हो ।

स्वास्थ्य सामाग्री निषेधाज्ञाका जारी रहेका बेला पाउन गाह्रो रहेको अवस्थामा मध्यनजर गर्दै अग्रभागमा खटिने सुरक्षा कर्मीलाई सहयोग पुन्ने छ । जेसीजले राम्रो कामको थालनी गरेकाले कमल नगर जेसीजलाई कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले धन्यवाद दिएकी थिइन् ।

लकडाउन भएपछि घरमै बसेका कमल गाउँपालिका वडा नम्वर १ माझी गाउँका ३० मुसहर घरपरिवारलाई दैनिक आवश्यक पर्ने खाद्यन्य (चामल, दाल, नुन ,तेल ) तथा स्वास्थ्य रामाग्री अन्तर्गत ( साबुन, माक्स,सेनेटाईजर) लगायत सामाग्री प्रदान गरिएको हो ।

हेर्दा सामान्य कार्यक्रम भएपनि मनले दिएको हुनाले यो ठुलो कार्यक्रम हो । सहयोगी दाताहरुले आफ्नो गाँस काटेर दिएको जानकारी गराउँदै यस्तो बेला घर वाट वाहिर ननिस्किन भिडभाड नगर्न समेत नागरिकलाई कमल नगर जेसीज वर्ष १८ का अध्यक्ष तथा वडा नम्वर १ का वडा अध्यक्ष जेसी केदार कुवालले सबैलाई आग्रह गरेका थिए ।

लकडाउन भएको अवस्थामा तपाईहरुलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्य राखेर राहात वितरण गरेको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालने बताए ।

त्यसैगरी कमल नगर जेसीजका संस्थापक अध्यक्ष तथा युवा व्यवसायी जेसी रुपनारायण न्यौपानेले दमक नगरपालिका र कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोष मार्फत कोभिड १९ को रोकथाम तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले प्रति पालिका १० हजार रुपैयाका दरले सहयोग उपलब्ध गराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *