एमाले नेता साँवाको पहलमा स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिण्डर स्थानीयतह र अस्पताललाई हस्तान्तरण
Published: (Updated: )
by .शिवसताक्षी । शनिबार झापा रहेका अस्पताल तथा स्थानीयतहहरुलाई स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । एमालेका विघटित प्रतिनिधी सांसद एलपी साँवा लिम्बुको पहलमा स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिकाको सुरुङ्गा स्वास्थ्य केन्द्र , मेची अस्पताल भद्रपुर २५ थान अक्सिजन सिलिन्डर ( मेची अस्पताल भद्रपुरलाई १५ थान र स्वास्थ्य केन्द्र सुरुङ्गालाई १० थान ) आरटी पीसीआर कीट , सेफ्टि चस्मा , पिपिई सेट , सर्जिकल मास्क , एन नाइन्टि फाइव मास्क , सेनिटाईजर , आई आर थर्मोमिटर , डिजिटल थर्मोमिटर , फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
एमाले नेता साँवाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग , सामाजिक विकास मन्त्री उषाकला राई र प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख शम्भु शाहाद्वारा प्राप्त उक्त सामग्री कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साँवाका प्रतिनिधि तथा नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष धनबहादुर थेवेले हस्तान्तरण गरेका हुन् ।
त्यस्तै कोरोना संक्रमणको यो महामारीमा पनि अग्रभागमा रहेर समाचार संकलन कार्यमा क्रियाशील झापाका १० जना पत्रकारलाई समेत पिपिईसेट, मास्क र सेनीटाइजर हस्तान्तरण गरिएको थियो ।
मेची अस्पतालको सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले कोभिड महामारीको अवस्थामा आफु निर्वाचित क्षेत्रमा मात्रै नभई झापाका सबै जनताको अभिभावकको जिम्मेवारी लिँदै मेची अस्पताललाई समेत स्वास्थ्य सामग्री जुटाएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याएको कनकाई नगरको सुरुङ्गा स्वास्थ्य केन्द्रलाई प्राप्त स्वास्थ्य सामग्रीले धेरै ठूलो सहयोग मिलेको र यसबाट धेरै नागरिकको ज्यान बचाउन सकिने भन्दै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले साँवाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
Comments