Sajhamanch Archive

तीन महिने सिलाई कटाई तालिम सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । महिला सञ्जाल उपभोक्ता समिति बिर्तामोड १० को आयोजनामा तीन महिने सिलाई कटाई तालिम आज बुधबार सम्पन्न भएको छ ।

गत जेठ १ गतेदेखि दुईवटा केन्द्रमा शुरु भएको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

उक्त तालिमका लागि भीमादेवी पाण्डे र आशा विश्वकर्माले प्रशिक्षकको भूमिका निभाएका थिए ।

महिला सञ्जाल उपभोक्ता समितिका अध्यक्ष झरना खरेलको अध्यक्षता तथा वडाध्यक्ष दूर्योधन गुरुङको प्रमुख आतिथ्यमा तालिमको औपचारिक समापन गरिएको थियो ।

तीन महिने तालिमको औचित्यमाथि कमला गौतमले प्रकाश पारेकी थिइन् । कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई रीता खरेलले शब्दले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन गीता चापागाईले गरेकी थिइन् ।

सो अवसरमा वडा सदस्यहरु गीता घिमिरे, दिपिका शिवा, भक्तसिंह राजवंशी, वडा सचिव बासुदेव भट्टराई, समाजसेवी अमर कन्दङवा, मनु मुखिया, कुशला मैनाली, पत्रकार इन्द्रसिंह राजवंशी, प्रशिक्षार्थीहरु कोपिला तिवारी, इन्दिरा शिवाकोटीलगायतले मन्तब्य राखेका थिए ।

सो अवसरमा तीज मिलन कार्यक्रम गरी गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *