Sajhamanch Archive

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने छः मन्त्री राई

Published: in प्रदेश तह, विविधा, समाज by .

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताएकी छिन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको बताइन् । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले जानकारी दिइन् । सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन ।’

गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उनको भनाई थियो । सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिको सरकारले ‘एप्स’ निर्माण गर्ने भन्दै मन्त्री राईले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत जानकारी दिइन् ।
सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाई रहेको छ । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनले महिला, बालबालिका, जेष्ठ नागरिक सम्वन्धिको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गर्दै सामाजिक विकास परिषद् गठनमा जोड दिएका थिए ।

कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन् । सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्नेमा उनको जोड थियो । माईती नेपालका मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताउँदै अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरे ।

अधिकारकर्मी डिक घिमिरेले विगत बर्षका राम्राकार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *