Sajhamanch Archive

नेता योगेशले जन्मदिनमा बिद्यार्थीलाई गरे आर्थिक सहयोग

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पार्दै आर्थिक रुपमा बिपन्न ताप्लेजुङका दुई विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

विहिबार ५२ वर्ष पुगेका नेता भट्टराईले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको ताप्लेजुङ जिल्लाका दुई विद्यार्थीलाई नगद १०/१० हजार आर्थिक सहयोग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी भर्ना अभियानमा जुट्न सबैलाई आह्वान गरेको समयमा योगेशले ताप्लेजुङको पाथीभरा याङवोरक गाउँपालिका वडा नं ६ थुम्बेदिनको शारदा माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना गरेका कमल बिश्वकर्मा र सोही गाउँपालिका वडा नं ५ को चाक्सिबोटे माविमा कक्षा १ मा नै भर्ना गरेका गंगा बिश्वकर्मालाई आफ्नो जन्मदिनको अवसरमा सो रकम आर्थिक सहयोग गरेका हुन् ।

उनले उक्त सहयोग रकम बिक विद्यार्थीको परिवारमा पुग्ने गरि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) पार्टी निकट ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्धय सन्तोष मादेन र मिङमा डण्डु लामा हस्तान्तरण गरेको भट्टराईले बताए ।

नेता भट्टराईले जन्मदिनका अवसरमा ती दुवै विद्यार्थीका लागि विद्यालय पोशाक, शैक्षिक सामाग्री र अन्य खर्चका लागि आर्थिक सहयोग गरेको बताएका छन् ।

यस अघिका वर्षहरुमा पनि भट्टराईले जन्मदिनको अवसर पार्दै बिभिन्न सामाजिक काम गर्दै आएका थिए । भट्टराई २०२३ साल भाद्र २१ गते ताप्लेजुङमा जन्मिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *