Sajhamanch Archive

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै कमलका युवा

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by .

कमल । विदेशवाट फर्किएका झापा कमलका युवा यतिवेला पशुपालन व्यवसायमा रमाउन थालेका छन् ।

विदेशमा सिकेको ज्ञान र सीप आफ्नै गाउँघरमा प्रयोग गर्न पाउँदा युवामा जोस र जाँगर सँगै खुशी थपिएको छ ।

विदेशमा हुँदा मालिकको अरन खटनमा काम गर्नु पथ्र्योभने यहाँ आफै मालिक भएर स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्दा युवाहरु दङ्ग परेका छन् ।
साना किसान सहकारी मार्फत १५ महिना ईज्रायलमा पशुपालन सम्वन्धि सिप सिकेर फर्किएका विजय गौली र ६ वर्ष दुबईमा गाई फार्ममा काम गरेर फर्किएका सविन चौहान दुई जना मिलेर व्यवसाय सुरु गरेका हुन् ।

विदेशमा काम गर्दा सिकेको सिप र अनुभवलाई दुबै जनाले आफ्नै गाउँमा केहि गरौँ भन्ने अठोटका साथ अहिले झापाको कमल गाउँपालिका वडा नम्वर ७ मा संयुक्त रुपमा नवोदय कृषि फर्म सन्चालनमा ल्याएका हुन् । पशुपालनका साथै कृषि तर्फ कागती खेती सुरु गरेका छन् । २ वर्ष अगाडी २० लाख रुपैयाबाट सुरु गरेको गाई फर्म अहिले १ करोड ५० लाख रुपैया भन्दा लगानी भएको छ । फार्ममा अहिले ४० वटा भन्दा बढी माउ गाई छन् । दैनिक एकसय ५० लिटर भन्दा बढी दुध विक्री गर्दै आएका उनिहरुले मासिक १ लाख भन्दा वढी आम्दानी गर्ने गरेको विजय गौलीले बताए ।
पशुपालनका साथै दश कठ्ठा जमिनमा सुन कागती लगाइएको छ । आगामी दिनमा व्यवसायिक रुपमा कुखुरा र बंगुर समेत पालन गर्ने योजनामा रहेको सविन चौहान बताउँछन् ।

त्यसैगरी बैदेशिक रोजगारी अन्तर्गत १२ वर्ष साउदीमा विताएर फर्किएरका चन्द्र प्रकास राईले आफ्नै जमिनमा बंगुर पालन व्यवसाय सन्चालनमा ल्याएका छन् । परिवारबाट १२ वर्ष सम्म विदेशमा बस्दा आफ्नो गाउँ नै विरानो भएको थियो अहिले परिवासँग बसेर आफैले व्यवसाय सन्चलन गर्न पाँउदा खुशी लागेको उनको भनाई छ । २०७० सालमा १ एउटा उन्नत बंगुरबाट व्यासाय सुरु गरेका राईले गत वर्ष प्रदेश सरकार बाट ४ लाख रुपैया अनुदान समेत पाएका थिए सरकारबाट दुई चार लाख अनुदान पाउनु भन्दा व्यवसायी सिप पाए राम्रो हुने राईको भनाई छ ।

तीन वर्ष साउदी र साडे ३ वर्ष दुवई बसेर आफ्नो गाउँ फर्किका अर्का युवा हुन् पुष्पराज मैनाली, दुई वर्ष अगाडी ९० हजार रुपैयाबाट सुर गरेको फर्ममा अहिले ३० वटा माउ गाई छन् । विदेशमा हुँदा अर्काको खटनमा चल्नु पथ्र्याे । अहिले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्न पाउदा गर्भ लागेको छ । उनी भन्छन्, गाउँपालिकाले वर्षेनी आयोजना गरेको कृषि मेलामा पुरस्कृत हुन पाउँदा खुसी लागेको मैनाली बताउँछन् ।

विदेशबाट फर्किएका युवालाई व्यवसाय प्रवद्धनका लागी गाउँपालिकाले सहकारी मार्फत ५० हजार देखी २ लाख रुपैयासम्म प्रदान गरेको छ । कोष मार्फत गाई , वाख्रा, बंगुर तथा माछा पालनका लागी युवालाई विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने गरेको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ बताउँछन् ।

गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई पशुपालनका निम्ति पछिल्लो समय थुप्रै कार्यक्रम सन्चालनमा ल्याएको छ । पशुपालनमा व्यवसायिक कृषकलाई विभिन्न अनुदान र व्यवसाय प्रवद्र्धन कोष मार्फत सहयोग समेत गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि पशुपालकमा उत्पादनमा समेत बृद्धि भएको छ । तर कृषकले उत्पादन गरेको बस्तुले बजार नपाउँदा कृषक समस्यामा परेका छन् । आगामी दिनमा सम्वन्धित निकायले बजारीकरणमा समेत ध्यानदिन आवश्यक छ । नत्र स्वदेशमै केहि गरौं भन्ने यी पौरखी युवाहरु आफुले सन्चालन गरेको व्यवसाय छोडेर फेरि पनि विदेशिन बाध्य नहोलान् भन्न सकिन्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *