कनकाई नगरप्रमुखको सराहनीय कामः आफुले लिएको पारिश्रमिक अक्सिजन प्लान्ट स्थापनाका लागि हस्तान्तरण
Published:
by .सुरुङ्गा । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले अक्सिजन प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट लिएको पारिश्रमिक हस्तान्तरण गरेका छन् ।
आफूले नगरपालिकाबाट पछिल्ला तीन वर्षमा लिएको पारिश्रमिक गणतन्त्र दिवसको अवसर पारेर अक्सिजन प्लान्ट स्थापनाका लागि हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख पोखरेलले पछिल्लो तीन वर्षमा आफूले नगरपालिकाबाट लिइएको १० लाख रुपैयाँको चेक उपप्रमुख मञ्जु प्रसाईंलाई हस्तन्तरण गरेका थिए ।
कोभिडको माहामारीकै कारण सर्वसाधरणले अक्सिजनको अभावमा दिनहुँ ज्यान गुमाउन थालेपछि कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । नगर प्रमुख पोख्रेलले करिव २ करोडको लागत अनुमान गरिएको प्लान्ट ३ महिना भित्र साविकको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा निर्माण भई सक्ने बताए । झापाका १५ स्थानीय तहमा अक्सिजन प्लान्ट स्थापना गर्ने कनकाई नगरपालिका जिल्लामा पहिलो हो ।
पोखरेलले मेयरमा निर्वाचित भएको पहिलो वर्षको पारिश्रमिक मजदुर हितकोषलाई उपलब्ध उपलब्ध गराएका थिए । २ करोड रुपैयाँको लागतमा निर्माण हुने यस प्लान्टका लागि दाताहरूले १ करोड रुपैयाँ उपलब्ध गराइसकेको बताइएको छ ।
Comments