Sajhamanch Archive

प्रदेश १ मा ९९३ जना संक्रमण मुक्त, ६९७ संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

corona

विराटनगर । प्रदेश १ माआज ९९३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश १ माआज ६९७जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, ते¥हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १७जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुष सहित १४४, सुन्दरहरैचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बुढीगंगामा ३–३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीयतहनखुलेका १–१, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बा¥हदशी र गौरीगञ्जमा ३–३, बुद्धशान्ति र कनकाईमा २–२ र स्थानीयतह नखुलेका ७, सुनसरीको इनरुवामा७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशी गाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ते¥हथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीयतहनखुलेका २–२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीयतह नखुलेका ४, इलामको इलाम नगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १७जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ । प्रदेश १ माआज १हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७ महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *