लुथरन सामुदायिक कल्याण समाज रंगेलीद्वारा शिवसताक्षीलाई स्वास्थ्य सामाग्री प्रदान
Published:
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकालाई लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङ्गले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
नगरप्रमुख चन्द्रकुमार शेर्मालाई फेडेरेसनले १० थान पिपिइ सेट, एन्टिजेन किट ३० थान, भिटिएम किट ५० थान, सर्जिकल माक्स ५ सय थान प्रदान गरेको नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले बताए ।
विमलीका अनुसार सेनिटाइजर १० लिटर, ल्गोव्स, २ सय सेट, अक्सिमिटर २ सेट, भेपोराइजर २ सेट र थर्मलगन २ सेट नगरको अस्थायी कोभिड अस्पताललाई प्राप्त भएको छ ।
Comments