Sajhamanch Archive

सत्य साई प्रदेश समितिद्वारा शिवसताक्षी नगरपालिकालाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान

Published: in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई श्री सत्य साई प्रदेश समितिबाट ५ थान अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको छ । कोभिडको महामारी अक्सिजन आपूर्तिमा सहयोगको लागि सत्य साईले शिवसताक्षी नगरपालिकालाई उक्त सिलिण्डर प्रदान गरेको हो ।

सत्य साई प्रदेश समितिलाई कोरोना भाइरसको महामारी हटेपछि खाली सिलिण्डर फिर्ता गर्ने गरी हाल नगरपालकालाई सहयोग प्रदान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगरपालिकाका सुचना अधिकृत डिल्ली नेपालका अनुसार उक्त सिलिण्डर कोरोनाको महामारी सकिएपछि फिर्ता गर्ने गरी सत्य साई प्रदेश समितिले नगरपालिकालाई प्रदान गरेको हो ।

कोरोना भाइरसको महाभारीमा अक्सिजन सिलिण्डरको कै अभावमा कुनै पनि नागरिकले ज्यान गुपाउनु नपरोस भन्ने उद्देश्यले शिवसताक्षी नगरपालिकालाई पनि पाँच थान सिलिण्डर प्रदान गरिएको सत्य साई प्रदेश समितिले जनाएको छ।

उक्त अक्सिजन सिलिण्डर शिवसताक्षी नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा संक्रमितको सुविधाका लागि राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *