Sajhamanch Archive

कमल गाउँपालिकामा ३२८ संक्रमित मध्ये १७५ जना निको भए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । कोभिड १९ को दोस्रो लहरमा कमल गाउँपालिकामा बुधबार पनि कोरोना भाइरस संक्रमित थपिएका छन् ।

विश्वभरी महामारीका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट कमल गाउपालिकामा बुधवार गरिएको एन्टिजेन परिक्षणमा थप १९ जनामा सक्रमण पुष्टि भएको हो । योसँगै कमल गाउँपालिकामा संक्रमित हुनेको संख्या ३ सय २८ जना पुगेको स्वास्थ्य शाखाले जनाएको छ ।

हालसम्म संक्रमित मध्ये १ सय ७५ निको भएर घर फर्किएका छन् । गाउँपालिकाको कोभिड अस्पतालमा ५ जना संक्रमित उपचाररत रहेका छन् भने ७ जना विभिन्न अस्पतालमा उपचार गराइरहको कमल गाउँपालिकाले जनाएको छ । त्यस्तै १ सय ३७ जना संक्रमित होम आइसोलेशनमा बसेका छन् । कमल गाउँपालिकामा हाल सम्म कोभिडका कारण ४ जनाको मृत्यु भएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिए । गाउँपालिकाले निर्माण गरेको कोभिड अस्पतालमा हरेक आईतवार र बुधवार पिसिआर परिक्षण हुने गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी जिल्लामा हालसम्म ४९ हजार ५६७ जनाको पिसिआर परिक्षणमा १० हजार ६९६ मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ६ हजार २३८ जना निको भएका छन् भने आईसोलेसनमा ४ हजार ९३ जना रहेको जन स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ कार्यालयका अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमणबाट २ सय ४७ जना को मृत्यु भएको मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *