शिवसताक्षीको कोभिड अस्पतालमा संक्रमितले उपचार पाउन थाले
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले तयार गरेको कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भएको छ ।
कोरोना भाइरसको पहिलो चरणको लहर मै नगरपालिकाले कोभिड अस्पताल तयार गरे पनि संक्रमितहरु होम आइशोलेसन मै बस्न रुचाएको कारण कोभिड अस्पताल सुनसान बनेको थियो ।
कोभिड अस्पतालका विहीबार तीन जना संक्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्यकर्मी रोसन अधिकारीले जानकारी दिए । संक्रमितका लागि नगरपालिकाले अक्सिजन तयारी अवस्थामा राखेको छ ।
त्यस्तै संक्रमितलाई खाजा र खानाको व्यवस्था पनि नगरपालिकाले मिलाएको बताइएको छ । नगरपालिकाले विपन्न तथा घर होम आइशोलेशनमा बस्न नसक्नेहरुका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ । हाल अस्पतालमा डा। सविन ढकालसहित चार जनाको टोली सेवा प्रवाह गरिरहेका स्वास्थ्य कर्मी रोसन अधिकारीले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाको संक्रमितको संख्या २ सय नाघेको छ । जसमा ९० जनाले कोरोना जितेर समान्य अवस्थामा फर्की सकेका छन् । स्वास्थ्य कर्मी अधिकारीका अनुसार हाल कोभिड अस्पतालमा र होम आइशोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ ।
नगर भित्र रहेका संक्रमितहरुका नगरपालिकाले २५ बेडको आइशोलेसन र ७ बेडको कोभिड अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
Comments