Sajhamanch Archive

नेता भट्टराईद्वारा नेपाली कांग्रेस शिवसताक्षीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान,

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । कोरोना भाइरसबाट संक्रमितको नेपाली कांग्रेस शिवसताक्षी नगर समितिलाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य तथा गत निर्वाचनमा झापा क्षेत्र नं. ४ ‘क’ का प्रदेश सभाका उम्मेद्वार किरण भट्टराईले उक्त स्वास्थ्य सामाग्री नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको कार्यालयलाई प्रदान गरेका हुन् ।

नेता भट्टराईले शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गानालाई कोरोना संक्रमितको उपचारका लागि ४ थान अक्सिजन सिलिन्डर, एक थान अक्सिमिटर, ५ थान अक्सिजन ब्याग, ९ थान अक्सिजन मास्क, एक थान रेञ्ज र ३०० थान फेस मास्क उपलब्ध गराएको शिवसताक्षी नगरपालिका वडा न ११ का वडासभापति अशोक बस्नेतले जानकारी दिए ।
सभापति बस्नेतका अनुसार उक्त स्वास्थ्य सामाग्री कोरोना संक्रमितहरुलाई आवश्यक परेको अवस्थामा उपलब्ध गराई सेवा दिइने छ ।

गाउँ गाउँमा संक्रमितहरु रहेका छन् । संक्रमितलाई अचानक अक्सिजनको आवश्यक परे त्यस्तो अवस्थाका लागि तुरुन्त सेवा दिन नेपाली कांग्रेस शिवसताक्षी पनि कोरोनाको लडाईमा सहयोगी बन्ने सभापति बस्नेतको भनाई छ ।

उनले आवश्यक पर्ने नगर,प्रदेश,क्षेत्रभर जुनसुकै बिरामीलाई जुनसुकै अवस्थामा पार्टीे कार्यालयबाट ती सामग्री उपलब्ध गराउने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *