शिवसताक्षीमा कोरोना विरुद्धको खोप लगाइदै
Published:
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कोभिड विरुद्धका खोप लगाउन थालिएको छ । शिवसताक्षी नगरपालिकाको सतासीधाम स्वास्थ्य केन्द्र, शिवगञ्ज, धरमपुर र पाँचगाछी स्वास्थ्य केन्द्रमा एकै दिन आज खोप लगाइएको हो ।
नेपाल सरसकारले चिनिया खोप भोरोेसेलको पहिलो डोज उपलब्ध गराएकाले ६२ देखि ६४ उमेर समूहका बृद्ध बृद्धालाई खोप लगाउँदै गरेको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि विमलीले जानकारी दिए । उनका अनुसार शिवसताक्षीमा हाल ९६६ डोज खोप उपलब्ध भएको छ । आज एक दिनमा खोप लगाइने शिवसताक्षी नगरपालिका स्वस्थ्य शाखाले जनाएको छ । आज छुट भएका बृद्ध बृद्धालाई भोली शिवगञ्ज स्वास्थ्य केन्द्रमा खोप लगाइने समेत नगरपालिकाले जनाएको छ ।
त्यस्तै झापामा भोरोसेल खोप १३ हजार हजार भाइल उपलब्ध भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो खोपको पहिलो मात्रामा लगाइएको ४ हप्ता पछि दोस्रो लगाउनु पर्ने बताइएको छ । झापामा उपलब्ध खोप जिल्लाका सबै पालिकाहरुमा मिलाएर पठाइएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । कुल जनसंख्याको ६२ देखि ६४ उमेर समूहका नागरिक १.७५ प्रतिशत रहेका छन् ।
Comments