Sajhamanch Archive

विर्तामोड ८ का कार्यवाहक वडाध्यक्ष विपन्नको सारथी बन्दै

Published: in समाज, स्थानीय तह by .

भद्रपुर । कोरोनाको दोस्रो लहर फैलिएयता गाँस जुटाउन समस्यामा परेका वडावासीप्रति जिम्मेवारी लिन जनउत्तरदायी नेतृत्व गर्दै विर्तामोड ८ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई विपन्नको चुल्हो बाल्न तल्लिन देखिएका छन् ।

वडा भित्रका अति विपन्न परिवारको पहिचान गरी वडा सरकारको जिम्मेवारी पूरा गर्न एक महिनायता दिन रात खटिरहेका भट्टराईले वडाभित्र चुल्हो निभ्न दिएका छैनन् ।

संकटमा नागरिकका समस्या हल गर्ने वचन दिएर जनमत पाएका भट्टराईले स्थानीय सरकारी कोषसित मात्र भर नपरी विभिन्न दाता खोजेर समेत विपन्नको गाँस जुटाइ रहेका छन् ।

स्थानीयका अनुसार भट्टराईले खाद्यन्न अभाव भएर भोकमा परेका वडाबासी थाहा पाउने वित्तिकै खाद्यान्न आफैं पुर्याइ दिने गरेका छन् । आफ्नै पहलमा खाद्यन्न जुटाइ रहेका सदस्य भट्टराईले स्थानीय सरकारी सवारी साधनको समेत प्रयोग गरेका छैनन् । आफ्नै निजी सवारी साधन प्रयोग गर्ने कार्यवाहक वडाध्यक्ष भट्टराईले ८ सय बढी व्यक्तिलाई खाद्यन्न जुटाइ सकेको बताउँछन् ।

उनी भन्छन्— निजी स्वार्थका लागि नभएर मानव कल्याणका लागि विपन्नको चुल्हो बाल्न निरन्तर लागि रहने छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *