Sajhamanch Archive

प्रदेश १ बाट ९०२ संक्रमण मुक्त, ४६२ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by .

corona

विराटनगर । प्रदेश १ बाट ९०२जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७हजार २४३जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४६२ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, ते¥हथुम र इलाममा७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५,रतुवामाई र बेलबारीमा३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीयतहनखुलेका २–२, झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमल गाउँपालिकामा ४–४, गौरीगञ्ज र बा¥हदशीमा २–२, गौरादह र कचनकवलमा १–१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीयतहनखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीयतहनखुलेका ३, ते¥हथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीयतह नखुलेका २–२, , पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१,भोजपुरको पौवादुङ्मा र स्थानीयतह नखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६४ हजार ८५५पुगेको छ । सक्रिय संक्रमितको संख्या १६हजार ५८१ रहेको छ । प्रदेश १ माआज १ हजार ३७४जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २१०महिला र २५२जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *