Sajhamanch Archive

मङ्गल ग्रहमा चीनको झुरोङ्गले लियो सेल्फी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

विराटनगर / मङ्गल ग्रहबाट चीनको अन्तरिक्षयानले सेल्फी पठाएको छ ।

चीनले मङ्गल ग्रहमा पठाएको अन्तरिक्षयान झुरोङ्ग नामक रोभरले आफ्नो सेल्फीसहित केही अन्य तस्बिरहरू पठाएको हो । मेमा अवतरण भएको झुरोङ्गले एक वायरलेस क्यामेरालाई भुइँमा राख्यो र त्यसपछि सेल्फी लिन छोटो दुरीमा पछि सरेको थियो । चीन राष्ट्रिय अन्तरिक्ष एजन्सीले रोभर मिसनको सफलताको उपलक्ष्यमा एक समारोहको बीचमा तस्बिरहरू सार्वजनिक गरेको हो ।

आगोका देवता अर्थ लाग्ने छ चक्का भएको झुरोङ्ग रोबटले उक्त ग्रहको सतहमा रहेका चट्टान, वातावरण तथा मौसमबारे अध्ययन गर्दै छ । वैज्ञानिकहरूले यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ र ग्रहमा जीवनको सङ्केत छ वा छैन भनेर अध्ययन गर्ने अपेक्षा गरेका छन् । उक्त यानको तौल दुई सय ४० किलो रहेको छ ।

मङ्गल ग्रहमा रोभर सञ्चालन गर्ने चीन अमेरिकापछिको दोस्रो देश हो । मङ्गल ग्रहको सहतमा नासाको पर्सिभिअरन्स यान र सानो हेलिकप्टर इन्जेनुइटीले अध्ययन गरिरहेको छ । (बिबिसी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *