नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले १४ बुँदे माग पत्र नगरपालिकालाई बुझायो
Published: (Updated: )
by .शिवसताक्षी । नेपाल राष्ट्रिय शिक्षक संगठनले शिवसताक्षी नगरपालिकालाई १४ बुँदे माग पत्र बुझाएको छ । शैक्षिक गुणस्तरका, शैक्षिक व्यवस्थापन र शिक्षक र विद्यार्थीले पाउने सुविधाका बारेमा नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले नगरप्रमुख चन्द्रकुमार सेर्मालाई माग पत्र बुझाएको हो ।
शिक्षाको यथोचित विकास भए मात्र नगर तथा देश सम्भव हुने भएकाले नगर क्षेत्रका विद्यालयलाई सक्षम बनाउन स्थानीय तहकोबाट आवश्यक सहयोगको अपेक्षा सहित माग पत्र स्थानीय सरकारलाई बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीका अध्यक्ष रमेशकुमार दाहालले जानकारी दिए । शिवसताक्षीमा ३५ ओटा सामुदायिक विद्यालयहरु छन् । स्थानीय तहले केही विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण गरे पनि पठान पाठनमा आवश्यकीय सबै साधन स्रोत पूर्ण नभएकाले केही मागहरु राखेको अध्यक्ष दाहालको भनाई छ ।
कार्यक्रममा शिक्षक महासंघ केन्द्रिय प्रतिनिधि श्रीप्रसाद खरेल, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य जगतविर लिम्बु, नेपाल शिक्षक महासंघ प्रदेश प्रतिनिधि विष्णु प्रसाद खतिवडा र नेपाल राष्ट्रिय शिक्षक संगठन नगर उपाध्यक्ष कमल नेपाल लगायतको उपस्थिति रहेको थियो ।
Comments