झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज
Published:
by .विर्तामोड । झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ४२ पुगेको छ ।
त्यस्तै आज नै थप १५४ जनामा कोरोना पुष्टि भएको भने हालसम्म संक्रमितको संख्या २ हजार ४ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार थप २ जना संक्रमित पुरुषको मृत्यु भएको छ । उनीहरु अर्जुनधारा र हल्दिवारीका संक्रमित हुन् । कोरोनाबाट मृत्यू हुनेको संख्या ३०२ पुगेको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
Comments