शिवसताक्षीमा थप एक कोरोना सक्रमितको मृत्यु
Published:
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी ८ निवासी ५७ वर्षीय लीलाराम लावतीको उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
जेष्ठ १४ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । हिजो बेलुकी उपचारककै क्रममा उनको मृत्यु भएको शिवसताक्षीका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।
उनको सवको व्यवस्थापन स्काउटको टोलीले लिम्बु परम्परा अनुसार नै गरिने फोकल पर्सन अधिकारीले बताए । लावती डाइविटीजबाट पीडित थिए ।
हाल शिवसताक्षी नगरपालिकामा सक्रिय संक्रमितको संख्या १४७ रहेको छ भने १८३ जना निको भइसेको नगर स्वास्थ्य शाखाले जनाएको छ । कोरोना भाइरसको दोस्रो लहरमा ७ जना संक्रमितको मृत्यु भएको छ ।
Comments