Sajhamanch Archive

‘सुरक्षित गर्भपतन महिलाको अधिकार’मा निबन्ध र चित्रकला

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । सुरक्षित गर्भपतन महिलाको अधिकार विषयमा निबन्ध लेखन तथा चित्रकलामा प्रदेश १ स्तरीय अन्तर क्याम्पस प्रतियोगिता झापाको बिर्तामोडमा शुक्रबार गरिएको छ ।

युवा विकास केन्द्र इटहरीको आयोजनामा सुनसरी, झापा र मोरङ्गमा संचालन भइरहेको कार्यक्रमलाई सहयोग पुर्याउन यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

झापामा उक्त कार्यक्रमलाई क्रिएटिभ नेपलिज युथको सहजीकरण र युवा एकल महिला समूह झापाको सहयोगमा सम्पन्न गरिएको हो ।

सुरक्षित गर्भपतन महिलाको अधिकार विषयमा केन्द्रित रहेर प्रतियोगिहरुले आफ्नो निबन्ध लेखेका थिए भने चित्रहरु कोरेका थिए ।

अंग्रेज़ी महिनाको सेप्टेम्बर २८ लाई सुरक्षित गर्भपतन दिवसको रुपमा मनाइँदै आएको छ । प्रदेशस्तरमा महिलाको सुरक्षित गर्भपतन गर्न पाउने अधिकारको सुनिस्चित गर्न तथा युवा विद्यार्थीहरुमा सुरक्षित गर्भपतन बारे जनचेतना जगाउन यस्तो कार्यक्रम गरिएको मानव अधिकारकर्मी दिपक दासले बताए ।

झापाका १९ वटा क्याम्पसबाट २७ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए । तीमध्ये १४ जनाले चित्रकला तथा १३ जनाले निबन्ध प्रतियोगितामा सहभागी भएका दासले जानकारी दिए ।

क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रन्जन धमलाले सन्चालन गरेको कार्यक्रममा युवा विकास केन्द्र इटहरीका अभियान्ताद्वय तारा चाम्लिङ रार्इ र दिपेन थापा, आयोनका प्रदेश १ सदस्य यज्ञराज कडरिया र अभियान्ता एलिस तिवारी, भरत बस्नेत, बिष्णु अचार्य, निमिसा चापागार्इं, मिराज पोख्रेलको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता युवा एकल महिला समूह झापाकी अध्यक्ष मिरा भट्टराईले गरेकी थिइन् ।

प्रतियोगिताको नतिजा २८ सेप्टेम्बर अर्थात असोज १२ गते युवा विकास केन्द्र इटहरीमा हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *