Sajhamanch Archive

शिवसताक्षी वडा नं. ४ को संक्रमितलाई औषधि वितरण

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ का कोरोना संक्रमितलाई एलोपेथिक औषधी तथा परामर्श दिइएको छ ।

वडा नं. ४ का कोरोनाका कारण मृत्यु भएका पूर्णप्रसाद सिटौला र रचना आङ्गदेम्बे ओलीको परिवारलाई आवश्यकीय एलोपेथिक औषधि वितरण गरिएको हो । कोरोनाबाट मृत्यु भएका परिवारमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई ज्वरो औषधि,भिटामिन सी, भिडामिन डि एटिबाइटी भिटामिन जिङ्क, माक्स सेनिटाइजर लगायतका औषधीहरु वितरण गरिएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । उनका अनुसार हाल वडा नं. ४ सक्रिय संक्रमितलाई औषधी र स्वास्थ्य मापदण्डको विषयमा उचित परामर्श दिइएको हो ।

हाल वडा नं.४ मा संक्रमितको सख्या २४ पुगेको छ । जसमा १८ जनाले कोरोना जितेर निको भएका छन् भने, ६ जना होम आइशोलसेनमा रहेका छन् । औषधि वितरणमा वडा नं. ४ फोकल पर्सन खेम दुलाल र कार्यपालिका सदस्य जितेन्द्र कुमार शाहको पनि सहभागीता रहेको थियो । त्यस्तै कोरोना संक्रमितहरुलाई शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाल एलोपेथिक औषधिहरु वितरण गर्न थालेको छ । स्वाथ्य शाखाले नगरका सबै वडाका होम आइशलोसन रहेका संक्रमितलाई औषधि वितरण गर्न थालेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *