Sajhamanch Archive

प्रदेश १ मा आज १७ सय ४० संक्रमण मुक्त, ३७१ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by .

corona

विराटनगर । प्रदेश १ मा आज १ हजार ७४० जनाकोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् ।

मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७,पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा४–४, केराबरी र रतुवामाईमा२–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१, झापाको विर्तामोड र मेचीनगरमा१६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको इलाम नगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीयतहनखुलेका ४, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीयतहनखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ । प्रदेश १ मा आज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *